
महिला दिदिबहिनिहरुका लागि चप्पल बनाउने तालिम रामपुर पाल्पामा सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका वडा नं. ९ मा ६ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको हो ।
रामपुर नगरपालिकाको आयोजनामा भएको तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले उद्यम सिकेर व्यवसाय सञ्चालन गर्न सके आत्मनिर्भर संगै आर्थिक समृद्धि हने बताउनु भएको छ ।
यस्तै रामपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा उद्यम विकास कार्यक्रम अनुगमन समितिका सदस्य माया देवि नेपालीले धेरै तालिम सञ्चालन गरे पनि व्यवहारमा कमैले उतार्ने गरेको बताउँदै व्यवसायीक रुपमा चप्पल उत्पादन गरेर खरिद गर्ने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानको प्रमुख आतिथ्यता र उद्यम विकास कार्यक्रमका महेन्द्र प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको हो । भानुभक्त माध्यमिक विद्यालय रामपुर ९ जब्गादीमा ६ दिन सम्म चलेको तालिमको सहजिकरण शोभा कंडेल तिम्सिनाले गर्नु भएको थियो । तालिममा वडा भित्रका १९ जना महिला दिदिबहिनिहरुको सहभागिता रहेको थियो ।