अर्घाखाँची जिल्लाको जनसंख्या घट्यो

अर्घाखाँची जिल्लाको जनसंख्या घटेको छ ।राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार अर्घाखाँची जिल्लाको जनसंख्या घटेको छ । पछिल्लो दश वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजार ५ सय ४६ ले घटेको छ । २०६८ को जनगणना अनुसार अर्घाखाँचीको जनसंख्या १ लाख ९७ हजार ६ सय ३२ रहेको थियो ।

२०७८ को जनगणना अनुसार अर्घाखाँचीको घटेर १ लाख ७७ हजार ८६ पुगेको हो । जसमा ८० हजार ६ सय ७२ जना पुरूष र ९६ हजार ४ सय १४ महिला रहेका छन् । यसरी हेर्दा अर्घाखाँचीमा पुरूष भन्दा महिला १५ हजार ७ सय ४२ ले बढि छन् । जिल्लाकाे  जनसंख्या बृद्धिदर -१.०५ प्रतिशत रहेकाे छ ।

२०७८ को जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। एक दशकअघि नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकामा हाल त्यो ०.९२ प्रतिशतमा झरेको पछिल्लो जनगणनाले देखाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै