Advertisement
विज्ञापन

अर्घाखाँचीमा एसइइ परिक्षाको तयारी पुरा



Advertisement
विज्ञापन

सन्धिखर्क। जिल्ला परिक्षा समन्वय समिति अर्घाखाँचीले यस वर्षको एस इ इ परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा बसेको बैठकमा परिक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।बैठकमा परिक्षामा खटिएका केन्द्राध्यक्षय अभिमुखिकरण तालिम समेत दिएको छ।चैत्र १७ गतेबाट शुरु हुन लागेको परिक्षामा जिल्लाभर १७ वटा परिक्षा केन्द्र तोकिएको छ ।

१७ वटा परिक्षा केन्द्रमा १७ जना केन्द्राध्यक्ष, २४ जना सहायक केन्द्राध्यक्ष, ६४ जना निरिक्षक, ३३ जना सहायक कर्मचारी र ६७ जना कार्यालय सहयोगी खटाइएको छ।


Advertisement
Advertisement
Advertisement

परिक्षामा नियमित तर्फ छात्रा १५९४, छात्र १५९२ गरि ३१८६ विद्यार्थी सहभागी हुने छन । उक्त परिक्षामा ग्रेडवृद्धि तर्फ छात्रा ५४ छात्र ३५ गरि ८९ विद्यार्थी सहभागी हुने छन् । दुबै तर्फ गरि कुल ३२७५ विद्यार्थी परिक्षामा सहभागी हुने छन । अहिले जिल्लाका १७ वटै केन्द्रमा उत्तरपुस्तिका पुर्याइ सकिएको छ । भने प्रश्नपत्र केन्द्र नजिक रहेको प्रहरी चौकीमा पुगिसकेको छ । परिक्षामा सहभागी अपाङ्ग विद्यार्थीहरुको लागि सहयोगी विद्यार्थीको व्यवस्था मिलाइएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुलीले बताए ।

बैठकमा जिल्ला स्थित इश्वरिबक्स गुल्मका गुल्मपती बासुदेब पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, शसस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अनुसन्धान अधिकृत खिमानन्द पोख्रेल, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मनिराम पराजुली, १७ जना केन्द्राअध्यक्ष लगायतको उपस्थित रहेको थियो । बैठकको संचालन लेखापाल दुर्गा बिकले गरेका थिए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad