
बुटवल । बुटवलबाट जनकलाकारहरुले कम्युनिस्ट क्रान्तिकारीहरु एक हुनुपर्ने माग गर्दै टुटफुट र खण्डित कुरा नगर्न आब्हान गरेका छन् । प्रगतिशील, देशभक्त एवं जनवादी कलाकारहरुले क्रान्तिकारीहरु एक हुनु आब्हान गरेका छन् ।
बुटवलमा सोमबार आयोजित राष्टका लागि संगीत अभियात्रा, जनसांस्कृतिक प्रस्तुति कार्यक्रममा गीतमार्फत् कलाकारहरुले कम्युनिस्ट पार्टीलाई एकढिक्का भएर समाजवादको आधार निर्माण गर्न आब्हान गरेका छन् ।
कलाकार जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, मोहित श्रेष्ठ, कर्ण विद्रोही, चिरन सी, निलिमा पुन, नारायण शर्मा, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या घर्ती मगर, रेश्मी बुढा मगर, नारायण दंगाल, प्रगति महरा, कुस्मिता दर्लामीलगायतले जनवादी गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य भरत सी, पोलिटब्युरो सदस्यहरु प्रज्वलन सी, सञ्जीव सी, भेसराज सी पार्टी सिसिएमहरु, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङलगायत विभिन्न राजनीतिक दल, सहिद तथा बेपत्ता परिवार, बुद्धिजीवी, लेखक साहित्यकार, संस्कृतिकर्मी, युवा, पत्रकार, सुरक्षा निकाय, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।