
पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका छहरा बजार र मेहलढाप बजार अनुगमन गरिएको छ । छहरा र मेहलढाप बजारका करिव तिन दर्जज पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तुहरु र पेयपदार्थहरु जफद गरेको छ ।करदाता कार्यालय पाल्पा घरेलु कार्यालय र जिल्ला प्रशासन कार्यालय सहित रैनादेवी छहरा गाउँपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।
अनुगमन गरिएका सबै जसो व्यवसायीहरुले स्थानीय तहमा व्यवसाय दर्ता नगरेको, मूल्य सूची टाँस नगरेको र म्याद नाघी सकेका खाद्य सामग्री उपभोक्तालाई नबेच्ने गरी छुट्टयाएर अलग्गै राख्ने व्यवस्था नगरेको कारण केही सामान जफत गरि नष्ट गरेको जिल्ला प्रशासान कार्यालय पाल्पाका प्रशासकिय अधिकृत रामा श्रेष्ठले जानकारी दिनुभयो ।
दुइ स्थानमा गरिएको अनुगमनमा अखाद्य वस्तु वितरण भएको, म्याद गुज्रेको, गोदाम अव्यवस्थित भएको बताउदै ‘पहिलोपटक भएर कुनै कारबाही नगरेकोे तर अब अर्को चोटी अनुगमन गर्दा गल्ती भेटिएमा कानुनी कारबाही गर्ने घरेलु कार्यालय पाल्पाका प्रमुख देवीराम भन्डारीले जानकारी दिनुभयो ।
होटल, खाद्य सामग्री, नियमित प्रयोग हुने तरकारी, गोदाम, व्यवसाय दर्ता, नवीकरण, उपभोग्य मिति, प्याकेजिङ जस्ता कुरालाई विशेष ध्यानमा राखेर अनुगमन गरेको कर दातासेवा कार्यालय पाल्पाका प्रमुख गिता पान्डेले बताउनुभयो ।
रैनादेवी छहराका अध्यक्ष रुक्मांगत भटराईले अब गाउँपालिकाले पालिकि भित्रका पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएको पाएमा पालिकाले कानुनि कारवाही गर्ने बताउदै अब यो कार्य निरन्तर अगाडी बढ्ने बताउनुभयो ।उपभोक्ता पनि उपभोग्य सामग्री खरिद गर्दा सचेत हुनुपर्ने अनुगमन टोलीले सुझाव दिएका थिय ।
अनुगमन रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत दिनेश सारु,ब्यापार संघ पाल्पाका सदस्य लक्ष्मण बराल उद्योग बाणिज्य संघका सदस्य खुम प्रसाद पोखरेल घरेलु कार्यालयका मनोज घिमिरे ईलाका प्रहरी मुझुङ र पत्रकारहरुको टोलीले बजार अनुगमन गरेका थियो ।
बजार अनुगमनको अभियान नियमित रूपमा चल्नुका साथै ग्रामीण क्षेत्रमा पनि अनुगमन हुने जानकारी गराईएको छ । तर उपभौकता लाई दैनिक ठगी गर्ने व्यवसायीलाई कारवाही नहुँदा अधिकांश सामानमा आफूहरू ठगिने गरेको गुनासो उपभोक्ताको रहेको छ । रैनादेवी छहरा करिव २३ हजार बढी मुल्य बराबरको म्याद नाघेका, खाद्य सामग्रीहरू जफत गरिएको थियो ।