Advertisement
विज्ञापन

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियु काे प्यानल विजयी



Advertisement
विज्ञापन
  1. बुटवल| लुम्बिनी प्रदेशकाे सबैभन्दा ठुलाे आङ्गिक क्याम्पस मानिने बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । ईतिहास कालदेखि नै अनेरास्ववीयु बुटवल बहुमुखी क्याम्पसमा अब्बल संगठन मानिन्छ । हिजाे भएकाे स्ववियु निर्वाचनमा सभापतिमा अनेरास्ववियुका दुर्गाबहादुर एम.सी ले ९९३ मत ल्याएर निर्वाचित भए । यस्तै उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ५८३,नेपाल विधार्थी संघका सागर पाैडेल ३९१, राष्ट्रिय स्वतन्त्र विधार्थी समुह १२३,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी विप्लब) १६ मत ल्याएका छन ।
    विगत लामाे समयपछि भयकाे स्ववियु निर्वाचनमा बुटवल बहुमुखी क्याम्पसमा फेरि पनि अनेरास्ववियुले आफ्नो झन्डा फर्फराएकाे हाे। बुटवल बहुमुखी अनेरास्ववियु काे गडकाे रूपमा मानिन्छ ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad