Advertisement
विज्ञापन

विकास ,समृद्धि र सुशासन राेजगार सरकारकाे प्राथमिकता



Advertisement
विज्ञापन

मालारानी गाउँ पालिका वाड नं. ५ (साविक बागी) निवासी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ), का संगठित सदस्य स्थानीय नेता देव बहादुर ताम्राकारकाे यही मिति २०७९/११/१९ गतेका दिन ६२ बर्षकाे उमेरमा भएको दुःखद निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मालारानी ५ वडा समितिकाे आयोजनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रम माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक ले सघिय लाेकतान्त्रिक गणतन्त्र निर्माणकाे अभियानमा र अर्घाखाँचीकाे यस क्षेत्रमा खेलेको भूमिका प्रति उहाँको चर्चा गर्नुभयो उहाँको निधनले पार्टीलाई क्षेती भए ता पनि घर परिवारमा पार्टीले अभिभावकत्वकाेे भूमिका निर्भाह गर्ने बताउनु भयो ।उक्त कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा १नं. निर्वाचन क्षेत्रिय समन्वय समितिकाे ईन्चार्ज धर्मराज भुसाल , प्रदेश जेष्ठ कम्युनिस्ट मञ्च का सदस्य बल बहादुर पाण्डे , गाउँ पालिका समितिका सदस्यहरु वाड कमिटीका अध्यक्ष लगाएतका पदधिकारी एवम् सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

स्वर्गीय देव बहादुर ताम्राकार काे जीवन संगिनी पार्वता ताम्राकार छाेरा छाेरी क्रमशः तेजबहादुर ताम्रकार,प्रकाश ताम्राकार , शान्त , कमला, सिता ,शारदा र दुई बुहारी रहेका छन

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad