
लुम्बिनी बौद्य विश्व बिद्यालय सिटि क्याम्पस मा नागरिकता बिधेक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे छ ।नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्य विश्व बिद्यालय सिटि क्याम्पस ईकाई सभापती शंकर भुसालको अध्यक्षता ,नेपाली काङ्गेस रुपन्देही जिल्ला उप–सभापती डा. अनिता शाहको प्रमुख अतिथ्यता र अधिबक्त्ता तथा सैनामैना नगर कानुन सल्लाहकार गोबिन्द मरमसिनीको बिशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भयको हो
कार्यक्रममा क्याम्पस प्रमुख फणेन्द्र प्रसाद न्यौपाने प्रशाशनिक अधिकृत कमला सन्जेल, प्रोफेसरहरु रमेश यादव, बद्री गौतम लगायत नेविसंघ प्रति आस्था राख्ने विधाथी र क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस प्रमुख फणेन्द्र प्रसाद न्यौपाने बिद्यार्थीहरुले बुझ्नुपर्ने नागरिकता सम्बन्धी भम्र र यथार्थ को बारेमा अन्तरक्रिया राख्नु भएकोमा आयोजक नेपाल बिद्यार्थी संघ लुम्बिनी बौद्य विश्व बिद्यालय सिटि क्याम्पस ईकाई समितीलाई धन्यवाद दिनुभयो |
त्यस्तै बिशिष्ट अतिथी अधिबक्त्ता तथा सैनामैना नगर कानुन सल्लाहकार गोबिन्द मरासिनीले बिद्यार्थीहरुले उठाउनु भएका बिभिन्न पश्न तथा जिज्ञासाहरुलाई आत्मासाथ गर्दै देशको न्यायोचीत ढङ्गले जानुपर्ने बताउनुभयो ।
प्रमुख अतिथी नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला उप–सभापती डा. अनिता शाहले नागरिता बाट पिडित जुन नेपालीहरु छन |उनिहरुलाई बन्चित नगराउ हुन वातावरण मिलाउन अनुरोध गर्नुभयो ।
नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्य विश्व विद्यालय सिटि क्याम्पस ईकाई उप–सभापती रचना खनालको स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्य विश्व बिद्यालय सिटि क्याम्पस ईकाइ सभापति शंकर भुसालकोे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इकाई सचिव पबित्रा पौडेलले गनुभएको थियाे ।