
गोविन्द बस्नेत
गुल्मी , फागुन २८ । इस्मा गाउपालिका वडा ६ को वडा सरकारले दैनिक जनजिविकाका सवालमा ध्यान नदिई दुख दिएको भन्दै त्यस वडाको नेकपा एमाले वडा कमिटी
द्धारा आईतबार वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
त्यस वडाको बुल्म, टुनिपाटा खाने पानी समस्या समधान गर्न वडा सरकार असफल भएको , वडा भित्रका मोटर बाटाहरु मर्मत तथा स्तरोन्नी पनि गर्न नसेको भन्दै नेकपा एमाले वडा कमिटीले ध्यानाकर्षण पत्र बुझाएको हो । त्यस्तै गरिवीको रेखामुनी रहेका मजदुर वर्गलाई यस अघि लेन्थ वर्करको रोजगारी दिईएकोमा अहिले उनिहरुलाई हटाईएको प्रति एमाले अमरपुर वडा कमिटीले आपत्ती जनाउँदै उनिहरुलाई पुनरस्थापनाको माग समेत गरेको छ । उन्नति लगाएत
लेन्थ वर्कर लाई पुनर्स्थापना गरि गरिबिको रेखा मुनि रहेका वाडा बासिको जिवनयापन मद्धत पुर्याउने बारे विशेष छ्लफल भएको थियो ।
ध्यानाकर्षण पत्र सहित वडा कार्यालयमा छलफल गर्न त्यस वडाको पुर्व वडाध्य्रक्ष तथा नेकपा एमाले ईस्मा ६ वडा कमिटि ईन्चार्ज हिराबहादुर जिसी, वडा कमिटी संयोजक खिमराज पराजुलि , सचिब कृष्ण घिमिरे ,सहसचिब बालु गिरि लगायत २५ सदस्यीय वडा कमिटी सदस्यहरु पुगेका थिए । उनिहरुले माथी उल्लेखित माग सहित अन्य नौ सुत्रिय माग ुसमेत गर्दै विभिन्न सुझावहरु समेत दिएका छन ।
ध्यानाकर्षण पत्र बुझदै वडाध्यक्षा ढाल बहादुर कुवरले आगमी कार्यक्रमहरु प्रतिपक्ष नेकपा एमाले संग सहकार्य र समझदारी गरि बनाउनेर , सामाजिक अगुवा र वडाबासीहरु सङ्ग वपन प. मिलेर अगाडि बड्ने कुराको प्रतिबद्धता जनाएका ि थिए । कार्यक्रममा शिक्षा क्षेत्रमा भएका कमिकमजोरीलाई पनि नियाल्दै जनप्रतिनिधिकै संलग्नतामा शिक्षालाई गुणस्तरीय बानाउनुपर्ने कुरामा पनि गहन छ्लफल भएको थियो ।