पाल्पामा टिप्पर दुर्घटना

आईतवार बिहान ७ बजे तिरकाे समयमा पाल्पामा टिप्पर दुर्घटनामा भएकाे छ । घट्नामा परि एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छ्न् ।

पाल्पाको माथागढि गाउँपालिका ६ चिल्लेपानी स्थित झडेवा रहबास भित्रीकाे कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिप्पर अचानक सडक देखि करिव ४० मिटर तल खस्दा टिप्पर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुरका ४० बर्षिय बिष्णु गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

गोठादी बाट रहबासमा रहेको चुन ढुङाखानीमा हिडेको खाली टिप्पर दुर्घटना हुँदा माथागढी गाउँपालिका ७ झडेवाका ५० बर्षिय हुम बहादुर परियार खुट्टामा चाेट लागकाे र उपचारका लागि तानसेन तर्फ पठाइएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटना बारे अनुसन्धान भैरहेको जनाइएको छ अनकन्टार भिर पहाड छिचोल्दै चुन ढुंङ्गा उत्खनन् गर्ने हरुले सडक पनि जोखिमपुर्ण बनाएका कारण दुर्घटना हुने गरेको बताइन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • प्रेम सुनार

    प्रेम सुनार नालीबेली न्युज डट कमका कार्यकारी सम्पादक हुन् । उनी विगत २ दशक देखी गुल्मी जिल्ला सहित लुम्बिनी प्रदेश भरी क्रियाशिल पत्रकारिता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै