Advertisement
विज्ञापन

दुग्ध व्यवसायी संघमा भुसाल



Advertisement
विज्ञापन

अर्घाखाँची दुग्ध व्यवसायी संघकाे अध्यक्षमा दुर्गाप्रसाद भुसाल चयन हुनुभएकाे छ । सन्धिखर्कमा सम्पन्न दुग्ध उत्पादक कृषकहरू र डेरी सञ्चालकहरूकाे भेलाले भुसाल डेरीका सञ्चालक भुसालकाे नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेकाे हाे ।

जस्काे उपाध्यक्षमा कृष्णप्रसाद पराजुली,सचिवमा काशीराम सापकोटा, काेषाध्यक्षमा कमला बञ्जाडे चयन भएका छन् । यस्तै सदस्यहरूमा जगत भुसाल, भिमबहादुर खत्री,मेनुका पाैडेल,विष्णु कार्की, शाेभा पराजुली, साेभबहादुर जिसी, हरि आचार्य र धर्मराज भुसाल रहेका छन्।


Advertisement
Advertisement
Advertisement

संघकाे सल्लाहकारमा चन्द्र बञ्जाडे, अर्जुन भुसाल र बिष्णु आचार्य चयन भएका छन् । भेलाले चैत्र १ गतेबाट सरकारले बृद्धि गरेकाे दूधकाे मुल्य लागू गर्ने निर्णय गरेकाे छ । संस्थालाई गतिशील बनाउँदै कृषकहरूकाे हकहितको लागि निरन्तर लागि पर्ने नवनिर्वाचित अध्यक्ष भुसालले बताउनुभयाे ।

कार्यक्रम चन्द्रप्रसाद बञ्जाडेकाे अध्यक्षता र काशीराम सापकाेटाकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । कार्यक्रममा सबैजसो कृषकहरूले सुझाव,गुनासा तथा समस्याहरू राखेका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad