बुटवलको चाँदबारि खाेलामा मृत व्यक्तिको शव फेला
१००८
बुटवल । बुटवलको शरणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा पर्ने चाँदवारी खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।
पानीमा डुबेको देखेपछि विहीबार विहान रानाका छोराले पानीबाट बाहिर निकालेको र प्रारम्भीक रिपोर्ट अनुसार आफै खसेको हुन सक्ने प्रहरी प्रमुख थापाले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टर्माटनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको उनले बताए ।