Advertisement
विज्ञापन

रेसुङ्गा क्याम्पस : नेविसंघ बाट घिमिरे सभापतिको उम्मेदवार



Advertisement
विज्ञापन

आउदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेविसंघ गुल्मीले रेसुङ्गा बहुमुखी क्याम्पसका लागि उम्मेदवार छनोट गरेको छ । क्याम्पसका लागि स्वावियु सभापतिको उम्मेदवारमा विद्यार्थी नेता पुनराम घिमिरेलाई बनाउने निर्णय गरेको नेविसंघ गुल्मीका सभापति झबिद्र पाण्डेले बताए।

संगठनले बुधबार पत्रकार भेटघाटको कार्यक्रम राखेर जिल्ला भरमध्ये रेसुङ्गा क्याम्पसमा मात्रै सभापतिको उम्मेदवार छनोट गरेको हो । क्याम्पसमा अन्य पदमा भने उम्मेदवार छनोट गरेको छैन् ।केन्द्रि राजनितिक समिकरण अनुसार जिल्लामा पनि विद्यार्थी संगठन बिच तालमेल हुनुपर्ने भन्दै अन्य पदमा भने उम्मेदवार छनोट नगरेको पाण्डेले बताए । तर जिल्लामा एमाले माओवादी बिच तालमेल गरि सकेकाकाले नेविसंघ बिच तालमेल हुने सम्भावना टरेको छ ।


Advertisement
Advertisement

जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पस भएकाले यस क्याम्पसमा हुने निर्वाचन र उम्मेदवारलाई महत्वपूर्ण साथ हेर्ने गरिएको छ । यो क्याम्पसमा अन्य संगठनले उम्मेदवार छनोट गरेका छैनन् ।

०७३ सालमा भएको स्वावियु निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जीतेको थियो । नेविसंघ गुल्मीले अन्य क्याम्पसहरुमा पनि उम्मेदवारको टुङ्गो लागि सकेकाले छिट्टै सार्वजनिक गर्ने अध्यक्ष पाण्डेले बताए ।
जिल्लामा कुनैपनि विद्यार्थी संगठन बिच तालमेल हुन नसकेको खण्डमा पनि नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धा गर्ने नेविसंघ गुल्मीले जनाएको छ ।

जिल्लाभर ११ वटा क्याम्पसहरु मध्ये १० वटामा स्ववियु निर्वाचन हुँदैछ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement