Advertisement
विज्ञापन

निशुल्क स्वास्थ्य शिविर



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले विशेषज्ञ डाक्टरद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बुटवल स्थित चौराह अस्पतालको प्राबिधिक सहयोगमा उसले स्वास्थ्य शिबिर संचालन गरेको हो । शिबिरको जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले ब्यानर बाचन गरि उद्घाटन गरेका थिए । लगतै नगर प्रमुख खिल्द्ध्वज पन्थीको बिपि चेक गरि शिबिर संचालन भएको थियो ।

शिबिरमा चौराह अस्पतालका विभिन्न रोगका विशेषज्ञ डाक्टर सहितको टिम आएको स्वास्थ्यकर्मीका सम्बन्यकर्ता क्षितिज भन्डारीले बताए । कार्यक्रममा जिल्ला समन्वय प्रुमुख द्रोण बहादुर खर्तीले रेसुङ्गा नगरपालिका जनताको स्वास्थ्य प्रती गम्भीर भएको र उसले नगरबासीलाई मात्र नभइ , गुल्मी अस्पताल मार्फत सिङ्गो जिल्लाबासीलाई स्वास्थ्य सेवा दिएको बताए ।


Advertisement
Advertisement
Advertisement

उनले बिकास र समृद्धीको सुचाङक भित्र जनताको स्वास्थ्य पनि एक रहेको उल्लेख समेत गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक , पतेअकार महा संघका अध्यक्ष टोपलाल अर्याल र त्यस नगरपालिकाका सामाजिक बिकास संयोजक तथा वडाध्यक्ष लिलाधर आचार्यले शुभकामना मन्तब्य राखेका थिए । रेसुङ्गा नगर प्रमुख खिलद्ध्वज पन्थीले जनताको स्वास्थ्य बिना अन्य बिकासको अर्थ नहुने धारणा राखेका थिए । रेसुङा नगरपालिकाले पहिलो पटक गुल्मी अस्पतालमा डाइलोसिस सेवा उपलब्ध गराएको छ ।

उसले त्यस अस्पतालमा हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ डाक्टर उपलब्ध गराए पछि त्यस अस्पतालमा भिड बढेको छ भने त्यसता बिरामीहरु पाल्पा बुटवल जानू पर्ने बाध्यता हटेकोछ । सङ्गै कुकुर आतंक यता शिविर चलिरहदा तम्घास बजारमा भुस्या कुकुरको आतंक मच्चिएको थियो ।

तम्घसको अर्घाखाँची जिपपार्कमा भुस्या कुकुरले लगातार चार जना मानिसलाइ टोकेर घाइते बनाए पछि गुल्मी अस्पतालमा ल्याइएको थियो । सोही कुकुरले शुक्रवार सेउवामा पनि तीन जनालाई टोकेको जनाइएको छ । त्यस कुकुरलाई नियन्त्रण गराउनका लागि हामिले तत्काल प्रमुख जिल्ला अधिकारी पाठकलाई अनुरोध गरेका थियौ । तम्घास बजारमा भुस्या कुकुर बढ्दै गएकोले नगरपालिकाको समेत ध्यान्कृष्ट हुन जरुरी छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad