प्युठानमा माेटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु,एक घाइते

प्यूठानमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्यूठानको बरौलाबाट बिजुवार आउदै गरेको लु २१ प ६२१९ नं. को मोटरसाइकल बाटो खनिरहेको ना १ क ३४१६ नं. जेसिबीसगँ ठोकिदा मोटरसाइकल चालकको प्यूठान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

घाइते महिलाकोे जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । मृतक र घाइतेको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै