Advertisement
विज्ञापन

बुटवल बहुमुखी:आधा दर्जन भन्दा बढि स्ववियु सभापति आकाङक्षी



Advertisement
विज्ञापन

राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिने स्ववियु चुनाव १४ वर्ष पछि चैत ५ गते हुँदैछ । शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । साविक पश्चिमाञ्चलकै जेठो र लुम्बिनी प्रदेशको ठुलाे आङ्गिक क्याम्पस मानिने  बुटवल बहुमुखी क्याम्पसमा स्ववियु नजिकिँदै गर्दा स्ववियु  नेतृत्व आफ्नो पक्षमा पार्न विद्यार्थी संगठन सक्रिय भएका छन ।

करिब ६ हजार विद्यार्थीको नेतृत्व गर्ने भएकाले बुटवल बहुमुखी क्याम्पकोे नेतृत्व आफ्नो पक्षमा पार्न विद्यार्थी संगठन र विद्यार्थी नेताहरुले दौडधुप तीब्र बनाएका छन् । नेपाली कांग्रेसको विद्यार्थी संघठन नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको कमिटीमा विवाद छ । तर पनि नेविसंघले निर्वाचनको तयारी गरिरहेको छ । नेविसंघबाट २ गुटले निर्वाचनका लागि संगठन दर्ता गरेका छन।


Advertisement
Advertisement
Advertisement

नेविसंघबाट दिनेश पौडेल र सुुमन गुरुङको नेतृत्वमा समुहले संगठन दर्ता गराएका छन् ।  पौडेल पक्षबाट माधव केसी र सागर पौडेलले सभापतिमा दाबी गरेका छन् भने गुरुङ समुहबाट सभापति गुरुङ नै सभापतिमा उठने गरि तयारी गरेका छ्न । क्याम्पस कमिटीका सभापति दिनेश पौडेलले आफुहरु नै नेविसंघको आधिकारीक भएको दाबी गर्छन ।

‘कसैले केही दिन अघि संगठनको सभापति आफै घोषणा गरेर हुँदैन् । मेरो नेतृत्वको कमिटी नै आधिकारिक हो । केही साथिहरुले संगठनको लेटर प्याड दुरुपायोग गर्नु भएको छ । त्यो बदर हुन्छ ।’– उनले भने।  साथै सभापतिमा क्याम्पस कमिटी उपसभापति सागर पौडेल र इकाई कमिटी सदस्य माधव केसीले दावी गरेको बताउदै यी दुई मध्यबाट एक जनालाई सभापतिको उम्मेदवारको रुपमा अघि बढाउने तयारी रहेको बताए ।

एमाले निकट अनेरास्ववियुबाट उपाध्यक्ष पित्तम पन्थी र सचिव कृष्ण पाण्डेले मध्य एकले टिकट पाउने सम्भावना छ । क्याम्पस कमिटी अध्यक्ष गोबिन रिजालले भने आफुहरु अहिले निर्वाचन जसरी पनि गर्नु पर्ने पक्षमा रहेको तर सभापतिको उम्मेदवारमा कसलाई अघि सार्ने भन्ने विषयमा  छलफल भैरहेको बताए । ‘अहिले अनेरास्ववियुबाट सभापतिको उम्मेद्वार को हुने भन्ने टुङ्गो लागेको छैन् । नयाँलाई प्राथमिकता दिने हो । को उम्मेद्वार हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन् ।  हामी छलफलमा नै छौँ । अब १/२ दिनमा नै थाहा हुन्छ ।’– उनले भने ।

यता नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भने स्ववियु सभापतिको उम्मेद्वार घोषणा गरि सकेको छ । क्याम्पस कमिटीका अध्यक्ष विष्णु ज्ञावलीले उपाध्यक्ष शिवबहादुर खवास संगमलाई सभापतिको उम्मेद्वारको रुपमा अघि सारेको जानकारी दिए । साथै उनले अखिल क्रान्तिकारी शान्तिपूर्ण रुपमा निर्वाचनमा सहभागि हुने र यस पटक जसरी पनि आफुहरु निर्वाचन हुनु पर्ने पक्षमा रहेको बताउँछन् ।

केन्द्रबाट सकेसम्म एकल रुपमा नै निर्वाचन लड्नका लागि सकुलर आएको बताउँदै उनले आवश्यकता परेको अवस्थामा तालमेल पनि निर्वाचन लड्न सकने बताए । ‘केन्द्रबाट हामीलाई सकेसम्म एकल रुपमा नै निर्वाचन लड्नु भनेर सकुलर आएको छ ।  आवश्यक परेको खण्डमा क्याम्पस कमिटी आफैलाई तालमेल गर्ने अधिकार पनि केन्द्रले दिएको छ । हामीहरु त्यही अनुसार अघि बढ्छौँ ।’–उनले भने । साथै अखिल अध्यक्ष ज्ञवालीले सभापति अरुलाई छाडेर आफुहरुले कसैसँग पनि तालमेल भने नगर्ने बताए।

यता नेकपा बहुमत निकट अखिल क्रान्तिबाट क्याम्पस कमिटी अध्यक्ष पारस राहदी मगर आफै सभापतिका दाबेदार रहेका छन्। क्याम्पस कमिटीले आफुलाई सर्वसहमत रुपमा सभापतिको रुपमा अघि सारेको बताउँदै उनले बुटवल बहुमखी क्याम्पसमा यस पटक जसरी पनि निर्वाचन गराउनु पर्ने पक्षमा अखिल क्रान्तिकारी रहेको बताउँछन् । अन्य विद्यार्थी संगठनले तालमेलको लागि प्रस्ताव गरेको र आवश्यक परेको अवस्थामा आफुहरु तालमेल गरेर पनि निर्वाचन लड्न सक्ने बताए । यस्तै नेकपा एस निकट अनेरास्ववियु  र जनमोर्चा निकट अखिल छैँठोले पनि सभापतिमा उम्मेद्वार उठाउने बताएका छन् । यद्यपी  सभापतिको दाबेदारको नाम खुलाउन चाहेन ।

यस्तै वि.एस्सी तेस्रो वर्षमा अध्ययनरत बरन्यम गौतमले स्वतन्त्र रुपमा सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन। क्याम्पस भित्र हुने गरेका प्रत्यक्ष र अप्रत्यक्ष बेथिति, अराजकताहरुको भन्डाफोर गर्ने र सम्पूर्ण कामहरु चुस्त गतिमा अघि बढाउनका लागि आफुहरुले स्वतन्त्र रुपमा सभापतिसहित सबै पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिने गरी तयारी गरेको बताए। सभापतिमा त्रिविले २८ वर्षे उमेर हद तोके पछि   क्याम्पस कमिटी अध्यक्ष हरु नै उम्मेदवार बन्नबाट रोकिएका छ्न।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad