
कमल खत्री शान्तिपुर ।
बिहिबार राती अज्ञात ब्यक्तिहरुले गुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेका दुई वटा सहकारी संस्थामा श्रृखलाबद्ध चोरी गरेका छन् । चन्द्रकोट ४ शान्तिपुर मा रहेको चन्द्रकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रूपाकोटमा रहेको साना किसान सहकारी बिहिबार राती .( फागुन ११ ) लाखौं नगरद रकम चोरी भएको हो ।
चन्द्रकोट बचत तथा ऋण सहकारी संस्था बाट करिब ३ लाख रुपैयाँ नगद र रूपाकोटमा रहेको साना किसान सहकारी संस्था बाट करिब ५ लाख रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अज्ञात चोरहरुले सहकारी संस्थाका सिसी टिभि समेत चोरेर लगेको र चोरी गर्ने ब्यक्तिहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले जानकारी दिए ।
घटना स्थलको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडी र चन्द्रकोट प्रहरी चौकीलाई खटाईएको एसपी प्रधानको भनाई छ । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीका अनुसार यस अघि शान्तिपुृरको उदय मावि लगायतको विद्यालयहरुमा पनि श्रृखलाबद्ध चोरी भएको थियो ।