Advertisement
विज्ञापन

गुल्मीमा  श्रेष्ठ परिवारद्धारा तपश्या धाम निर्माण



Advertisement
विज्ञापन

गुल्मी , फागुन १२ । गुल्मीका एक परिवारले तपश्या धाम निर्माण गरेका छन ।  जिल्लाको सदरमुकाम तम्घासका हरिकुमार श्रेष्ठ परिवारले तम्घास मै रहेको ब्रम्हाकुमारी ईश्वरिय बिश्व बिद्यालय हातामा तपश्या धाम निर्माण गरिदिएका हुन । जसको  शुक्रबार  ब्रम्हाकुमारी बिश्व बिद्यालय नेपालकी पश्चिमाञ्चल शाखा प्रमुख ब्रम्हाकुमारी कमला दिदीलेले समुद्घाटन गर्नु भएको छ  ।

गत २० बर्ष देखि सम्पुर्ण संसारिक वस्तु परित्याग गरी ईश्वरप्रति समर्पित भएकी हरिकुमार श्रेष्ठकी दिदी ब्रम्हाकुमारी गंगादेवि श्रेष्ठ र आमा बिष्णुमाया श्रेष्ठको सदिक्षा पुरा गराई दिन श्रेष्ठले तपश्या धामको निर्माण गरिदिनु भएको हो ।


Advertisement
Advertisement
Advertisement

नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक सभापति समेत रहेको श्रेष्ठले  अन्य धार्मिक सामाजिक क्षेत्रमा समेत खेलेको भुमिका प्रति सहभा्गिहरुले  सम्मान प्रकट गरे ।

कार्यक्रममा  रेसुङ्खा नगरपालिका ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे , गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसाल , प्रमुख  जिल्ला अधिकारी  सागरमणि पाठक , सो संस्थाको  क्षेत्रिय कार्यालय  बुटवलका सचिव ब्रम्हाकुमार नारायण पौड्या  र रेसुङ्खा नगरपालिका उपमेयर अमृतादेवि कुँवर लगायले मन्तब्यका क्रममा श्रेष्ठ परिवार प्रति सम्मान प्रकट गरेका हुन ।

श्रेष्ठ परिवारका अलवा कान्छा बुवा रहेको अर्घाखाँचीको छत्रदेव गाउँपालिका प्रमुख  चन्द्रमान श्रेष्ठ , माईला बाबु तम्घासका समाज सेवी मानबहादुर श्रेष्ठ , भान्जा राजन श्रेष्ठ , भान्जि बुहारी शोभा श्रेष्ठ लगायतलाई पनि सम्मान गरिएको थियो ।

सद्कर्म , सद्धर्म  सहित  सकरात्मक सोचको बिकास गर्दै बिश्वभर शान्ति फैलाउन महत्वपुर्ण भुमिका खेल्दै  यस सस्थाले  गुल्मीको तम्घासमा शाखा स्थापना गरेृ पछि मानवजगतमा सकरात्मक प्रभाव पार्दै आएको छ ।  त्यसबाट प्रभावित भई श्रेष्ठ परिवारले  करिव २० बर्ष अघि  भाडाको घरमा  बस्दै आएको  त्यस शाखाको भवन निर्माणमा समेत अगुवाई गरेको थियो ।

स्वर्गिय दिलप्रसाद श्रेष्ठको परिवार अर्घाखाँचीको छत्रगञ्जबाट सदरमुकाम तम्घासमा बसाई सराई गर्दै आएका हुन ।  श्रेष्ठ परिवारले  ब्रम्हाकुमारी  ईश्वरिय बिश्व बिद्यालयका सकल परिवारलाई सम्मान गरेको थियो । त्यस त्यस संस्थाल पनि श्रेष्ठ परिवारका सकल परिवारलाई सम्मान गरेको थियो ।

यस संस्था प्रति आफुहरुको सामिप्यता  रहँदै आएकोले  तपश्पाधाम निर्माण गरेको  हरिकुमार श्रेष्ठको भनाई थियो ।श्रेष्ठ परिवारलाई  ब्रम्हाकुमारी ईश्वरिय बिश्व बिद्यालय गुल्मी शाखाकी प्रमुख ब्रम्हाकुमारी  मिरा दिदीले धन्यवाद दिनु भयो ।

त्यस्तै कार्यक्रमकी प्रमुख अतिथी पश्चिम क्षेत्रकी प्रमुख ब्रम्हाकुमारी  कमला दिदीले यो युगमा आई पुग्दा तपश्याधाम  निर्माण गर्ने परिकल्पना गर्ने श्रेष्ठ परिवार  धन्यवादका पात्रा भएको बताउनु भयो

तम्घासमा यसरी तपश्या   र ध्यान गर्ने  संरचना  स्थापना भए पछि तनावमा रहेका र विभिन्न विमारले पीडित भएकाहरुलाई राहत हुने भएको छ ।  यसरी सामाजिक क्षेत्रमा योगदान पुराउँदै आएको श्रेष्ठ परिवार प्रति हामी धन्यवाद नदिई रहन सक्दैनौं ।

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad