Advertisement
विज्ञापन

ज्ञानज्योतिको महायज्ञको पहिलो दिनमै एक करोड संकलन



Advertisement
विज्ञापन

ज्ञानज्योति आधारभूत विद्यालय मुसिकोट नगरपालिका-९ अर्लाङ्कोट पाँणथोक गुल्मीले आयोजना गरेको रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञको पहिलो दिन मै एक करोड बढी दान प्राप्त भएको छ ।

विद्यालय स्थापनाको २५ औँ वर्ष पुरा गरेको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्य सहित धनधान्यान्चल ज्ञान महायज्ञको आयोजना गरेको हो ।


Advertisement
Advertisement
Advertisement

कलश यात्रा सहित सुरु भएको महायज्ञको प्रमुख अतिथि एवम् गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज र विशिष्ट अतिथि गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रमको पहिलो दिन पुजा पाठ, कलश यात्रा, भजन कृतन लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सव सफल बनाउन सबै जुट्नुपर्ने बताए । उनले दुई वटा उद्देश्य लिएर महायज्ञ सन्चालन गरिएको , एउटा शैक्षिक गुणस्तर वृद्धि र अर्को माध्यमिक तह सम्म पढाउनका लागि तिन करोड बढी रकम संकलन गर्ने लक्ष्य रहेको सुनाए ।


फाल्गुण १६ गतेसम्म चल्ने रजत महोत्सव एवम् धनधान्यान्चल महायज्ञमा कथा प्रवचन, भजन कृतन, पुजापाठ लगायतका कार्यक्रमहरु रहनेछन् । महोत्सव मुल आयोजक समितिका उपसयोंजक प्रेम सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् मूल समारोह समिति सयोंजक यदुलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


कार्यक्रममा जनप्रतिनिधि, विदेशका विभिन्न स्थानबाट महोत्सव सफल बनाउन आउनुभएका महानुभाव, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा श्रद्धालुहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयले राखेको उद्धेश्य पुरा गर्न विभिन्न व्यक्तिहरुसगं थालिएको सहयोग सकंलन अभियानमा अहिलेसम्म झण्डै १ करोड रुपैँया सहयोग सकंलन भएको आर्थिक समिति सयोंजक विश्वनाथ सापकोटाले बताए । अझै पनि विभिन्न ठाउँबाट सहयोगी महानुभावहरु जोडिने क्रम जारी रहेकाले उद्धेश्य बमोजिम आर्थिक सकंलन हुने कुरामा आफुहरु विश्वस्त रहेको उनको भनाई छ ।


महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, प्रतिष्ठित कथाकार चेतराज कण्डेलको प्रमुख कथा वाचन एवम् पण्डित पूणर्भद्र गौतमज्यूको यज्ञाचार्यत्व रहने बताईएको छ । साबिक अर्लाङ्ग्कोटबासी अधिकाम्सको कर्म थलो जापान हो । प्राय घरै पिच्छेका छोरा छोरी बुहारीहरु जापानमा छ्न । त्यसका अलाव युरोप लगायतका बिकासित मुलुकमा कार्यरतहरु नै मुल आयोजक समितिको जिम्मेवारी लिएर आएकोले पनि आफुहरुको उद्देश्य पूरा हुने उत्साह पहिले दिनले नै संकेत गरेको मुल समारोह समितिका सचिबालय सदस्य रामकृष्ण कडेलले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad