Advertisement
विज्ञापन

माइलो छोराको फोटो राखेर झापाका पुरुषले जब गुल्मीकी युवतीलाई बोलाए…



Advertisement
विज्ञापन

गुल्मी । बिस/बाइस उमेरकी  युवतीलाई एउटा  फोन आउँछ । घर  कहाँ हो  झापा।  यता  ती  युवतीको घर थियो गुल्मी ।  पहिलो फोनपछि  त  सम्पर्क बाक्लिदै गयो । दुबै  एक-अर्काप्रति  आशक्तहुँदै  गए । फोनको आवाजले मात्रै मन  सम्हाल्न गार्हो भयो ।  अन्ततः  फेसबुकमा एक-अर्काको फोटो देखाउन सुरु भयो ।

फेसबुक र फोनको माध्यमबाट झाँगीएको उनीहरु बीचको सम्बन्ध यति सुमधुर बन्यो कि खाने, बस्ने, हिड्ने, सुत्ने सबै कामका लागि एक अर्कामा अनुमति मागेर मात्रै अघि बढ्ने आदत बस्यो । उनीहरु बीच दिन/रात माया प्रेम र दिनचर्याका बारेमा कयौं पटक कुरा भैरन्थ्यो । यसरी एक अपरिचित व्यक्तिसँग फोन वार्ताहुँदै फेसबुकमा पुगेर फोटो साटासाट गरि गहिरो माया प्रेममा परेकी युवतीको चालढाल फरक देख्दै गएपछि परिवारले पनिशंका गर्न थाल्यो । किनकी ती  युवती  विवाहित थिइन् । उनका  श्रीमान विदेश  थिए ।


Advertisement
Advertisement
Advertisement

युवतीको परपुरुषसँग सम्बन्ध रहेको बुझेपछि घरकाले ‘अर्कैसँग सल्केकी छ’ भनेर विदेश भएका श्रीमालाई कुरा पुर्याइदिए । त्यसपछि  उनलाई उहीँ फोन र फेसबुके प्रेमीसँग टाप कस्नु  सिबाय अर्को विकल्प भएन। ‘म आउँदैछु’ भनेर युवतीली झापाली प्रेमीलाई फोन गरिन् । उता प्रेमीले त पलपल  उनैको  प्रतिक्षा गरिरहेका थिएनै । हर्षबिभोर भएर  प्रतिक्षा गरेर बसे । यता प्रेमिका चढिन तम्घासबाट बस। ओर्लिइन झापा  ।

फोनबाटै लोकेशन सोध्दै  पुगिन  घरमा । को हो  त प्रेमी ? पक्कै उनै  फोटोका मान्छे हुन । मुस्कुराइन तिनै  फोटोवालासँग । उफ जिन्दगी । फोटोवाला त फोनमा लभ गर्नेको माइलो छोरा  पो रैछ्न् । चार/पाँच भाई  छोरा/छोरी । नाति नातिना थुप्रै । श्रीमतिको  मृत्युपछि जोडि खोजेका  ६० वर्षीय उनले बल्ल  प्रेमिकासँग असली रुप देखाए । के बस्नु  थियो र ति पित्री पल्टिन थालेकासँग  । उनी  फर्किन  थालिन । तर उनले  खुस्किनै दिएनन्।

जबर्जस्ति राखे  बुढाले एउटा  छोरी पनि जन्माइ  हाले । यसै  बीचमा १७  महिनापछि छोरी  बोकेर  फर्किन गुल्मी ।  याताआए  पछि  मलाई खोजे आफन्तले । अदालतमा मुद्दा  पनि दिएका  रैछ्न  ।

बोलाएको ठाउँ तम्घास चिदिचौरमा म पुगे । उनी र उनकी  छोरीको भविष्यर्ला ख्याल गर्दै  मुहार छोप्न लगाएर क्यामरा  तेर्साए । करिब  १५  मिनेट कुरा भयो । भरै  तिर समाचार आउछ है भनेर  हिँडे । केही बेरपछि  फोन आयो । उता  फोन गरेछ्न्  पत्रकार बोलाइम भनेर ।  त्यसपछि उनी  तत्त्काल आफू  अदालत आएर सम्बन्ध बिच्छेद गर्ने  प्रतिबद्धता जनाउदै समाचार रोक्न  भनेछ्न । त्यसपछि मलाई पो के  खाचो । भिडियो मेरो मोबाईल मै छ।

आज प्रेम दिवसको अवसरमा यसो त्यही भिडियो हेरे र हाँसो उठ्यो । हाँसो मात्र होइन घम्भीर  पनि बनायो । फोन र  फेसबुकमा लभ। त्यस माथि हाइन्सम  छोराको  फोटो देखाएर  ठिटी  पटाउने  ती  साठी  बर्षियले अर्काको  घर  जलाए । उता  केही  दिन  अघि  बेहे  एउटा  सङ्ग  सुहागरात  अर्कै सङ्ग्को  स्टोरी  भाइरल भैरहेकोछ ।

अनेकन  रोचक घटना आउछ्न म कहाँ । यति धेरै कुरा मिडियामा आउछ्न र पनि  मानिसहरु  किन  सचेत  हुन्नन ? भन्ने  सोच्दै म यति बेला  सिमलटारीमा  छु। नामै  प्रेम  भएकोले  मेरो  यो  दिवसमा  सबैलाई शुभकामना अनि  सचेत  रहन  आग्रह पनि  गर्दछु  ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad