Advertisement
विज्ञापन

यी ‘सेलिब्रेटी’ जसले प्रेम विवाह गर्दै रोजे फरक क्षेत्रका जीवनसाथी



Advertisement
विज्ञापन

नेपाली फिल्म क्षेत्रमा प्रेम विवाह गर्ने थुप्रै सेलिब्रेटी छन् । ती मध्ये कतिले फिल्म क्षेत्रकै व्यक्तिसँग प्रेम विवाह गरेका छन् भने कतिपयले बाहिरको ।

आज १४ फेब्रुअरी, प्रणय दिवस अर्थात् भ्यालेनटाइन्स डे को अवसर पारेर हामी राजेश हमालदेखि गरिमा पन्तसम्म ती कलाकारको चर्चा गर्दैछौ, जसले आफ्नो करियर भन्दा फरक क्षेत्रका व्यक्तिसँग प्रेम विवाह गरे ।


Advertisement
Advertisement
Advertisement

राजेश हमाल

Rajesh-Madhu_01-18062017024638-600x0

महानायक राजेश हमालले फिल्म क्षेत्र बाहिरकी मधु भट्टराईसँग प्रेम विवाह गरेका हुन् । धरानकी मधुसँग उनले २०७१ मा लगनगाँठो कसेका थिए । मधुसँगको ९ वर्षको प्रेम उनले विवाहमा परिणत गरेका थिए ।

लामो समयसम्म प्रेम सम्बन्ध गोप्य राखेका उनले विवाह गर्ने केही समय अगाडि मात्र प्रेमिकाबारे जानकारी सार्वजनिक गरेका थिए । मधु राजेशभन्दा करिब आधा उमेरले कान्छी छिन् ।

रेखा थापा 

Rekha-couple1

निर्माता छविराज ओझासँग अलग भएपछि लामो समय एक्लै रहँदै आएकी रेखाले पर्यटन व्यवसायी बलराम शाहीसँग विवाह गरेकी छन् ।

इजरायल बस्दै आएका जाजरकोटका बलरामसँग उनले केही वर्षको प्रेमलाई कोर्ट म्यारिज गरी जीवनसाथी भएकी हुन् ।

फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यु गरेकी रेखाको पछिल्लो समय फिल्म क्षेत्रमा अभिनेत्रीको अलावा निर्माता, निर्देशकको समेत परिचय छ ।

उनी गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाबाट प्रतिनिधि सभा उम्मेदवार समेत बनेकी थिइन् । निर्वाचनमा भने पराजित बनिन् ।

केकी अधिकारी 

अभिनेत्री केकी अधिकारी अहिले व्यस्त अभिनेत्री मध्येकी एक हुन् । केकीले पनि फिल्म क्षेत्र बाहिरको प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

 

Keki-Adhikari-Marriage

व्यवसायी रोहितसँग सीमित आफन्तको उपस्थितिमा गुपचुप ढंगले उनको विवाह भएको थियो । रोहित ‘हाम्रो बजार डटकम’का प्रमुख कार्यकारी अधिकृत तथा फुडमारियोका सहसंस्थापक एवम् सिइओ हुन् ।

विपना थापा 

अभिनेत्री विपना थापाले पनि फिल्म क्षेत्र बाहिरको प्रेमी डा. आशुतोष भारद्वाजसँग विवाह गरेकी हुन् ।

 

bipana

आशुतोषसँगको केही वर्षको प्रेमपछि उनले विवाह गरेकी हुन् । भारतीय उद्योगपति एवम् काँग्रेस–आईका नेता डा. आशुतोषसँग विवाहपछि उनी अभिनयबाटै टाढा भइन् । अहिले उनले फिल्म ‘ह्रस्व दीर्घ’ बाट अभिनयमा कमब्याक गर्ने चर्चा छ ।

गरिमा पन्त 

अभिनयमा राम्रो चर्चा र डिमान्डको समय विदेश पलायन भएकी अभिनेत्री गरिमा पन्तले पनि कलाक्षेत्र बाहिरको जीवनसाथी रोजेकी छन् । उनले बेल्जियम निवासी हरि शर्मा थपलियासँंग प्रेम विवाह गरेकी हुन् ।

आशुतोषसँगको केही वर्षको प्रेमपछि उनले विवाह गरेकी हुन् । भारतीय उद्योगपति एवम् काँग्रेस–आईका नेता डा. आशुतोषसँग विवाहपछि उनी अभिनयबाटै टाढा भइन् । अहिले उनले फिल्म ‘ह्रस्व दीर्घ’ बाट अभिनयमा कमब्याक गर्ने चर्चा छ ।

गरिमा पन्त 

अभिनयमा राम्रो चर्चा र डिमान्डको समय विदेश पलायन भएकी अभिनेत्री गरिमा पन्तले पनि कलाक्षेत्र बाहिरको जीवनसाथी रोजेकी छन् । उनले बेल्जियम निवासी हरि शर्मा थपलियासँंग प्रेम विवाह गरेकी हुन् ।

garima panta

अभिनयमा रहँदा उनको नाम फिल्म क्षेत्रको केही व्यक्तिसँग समेत जोडिएको थियो ।

श्वेता खड्का 

अभिनेत्री श्वेता खड्काका पति विजयेन्द्र सिंह रावत पनि फिल्म क्षेत्र बाहिरका हुन् । धनगढीका विजयेन्द्र ब्यवसायी हुन् ।  विजयेन्द्रसँगको केही बर्षको प्रेमपछि उनले विवाह गरेकी हुन् ।

 

sweta-khadka2_20201207090335

‘कहाँ भेटिएला’ फिल्मबाट अभिनयमा भित्रिएकी श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते पहिलो विवाह गरेकी थिइन् ।

तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको २०७१साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । श्वेताले पछिल्लो समय फिल्म ‘कान्छी’ निर्माण गरेकी छन् ।

सलोन बस्नेत 

salon-basnet-and-karishma-kc

अभिनेता सलोन बस्नेतले नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी प्रेमिका करिश्मा केसीसँग यसै वर्ष लगनगाँठो कसेका हुन् ।

‘नेपाली बाबु’ बाट बालकलाकारको रूपमा फिल्म डेब्यु गरेका सलोनले ‘होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३, ए मेरो हजुर ४, गाजलु, यात्रा, जय भोले, डाँडाको वर पिपल, बाबु कान्छालगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् ।

वर्षा सिवाकोटी

barsha

अभिनेत्री वर्षा सिवाकोटीले पनि फिल्म क्षेत्र बाहिरका व्यक्तिसँग विवाह गरेकी हुन् । उनले अमेरिका बस्दै आएका आशिष गेलालसँगको केही बर्षको प्रेम गत वैशाखमा विवाहमा परिणत गरेकी थिइन् । तर अहिले उनको गेलालसँग सम्बन्ध विच्छेदको हल्ला छ । ‘नाइँ नभन्नु ल २’ बाट  अभिनयमा भित्रिएकी वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पन छप्पन २’, ‘पुरानो बुलेट’ लगायत दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी छन् । कुवेर गिरि रातोपाटि

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad