Advertisement
विज्ञापन

मालिकामा निःशुल्क आँखा शिविरबाट १६ सय बढि लाभान्वित



Advertisement
विज्ञापन

गुल्मी : गुल्मीको मालिका गाउँपालिका ७ घमिरका प्रेम नेपाली निःशुल्क आँखा परिक्षण गर्न पाउँदा हर्षित हुनुहुन्छ । आर्थिक अभावका कारण आँखाको उपचार गर्न तम्घास आउन नपाउनुभएका ८० वर्षिय नेपाली गाउँपालिकाले निःशुल्क उपचार गरिदिएपछि खुसि हुनुहुन्छ । आर्थिक अभावका कारण उपचारका लागि तम्घासमा आउन समेत समस्या थियो । तर गाउँपालिकाले गाउँमै निःशुल्क आँखाको उपचार गरिदिएपछि नेपालीले खुसि व्यक्त गर्नुभयो ।

७५ बर्षिय तुल्सा विक पनि अहिले आँखाको उपचार पाएपछि हर्षित मुद्रामा देखिनुहुन्थ्यो । “मान्छे र बाटो पनि ठम्याउँन सक्ने थिइनँ । तर अहिले सबै देख्ने भएँ उहाँले भन्नुभयो । मालिका गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १६ सय बढी नागरिकले सेवा लिएका छन् । मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो ।


Advertisement
Advertisement
Advertisement

गाउँपालिका भित्र रहेका ८ ओटै वडामा पुगेर आखाँको चेकजाँच गरिएको हो । चेकजाँच पछि ११२ जनालाई मोतियाबिन्दु भएको पत्ता लागेको शिविरमा खोटिनुभएका डा।सचिन पुनले जानकारी दिनुभयो । ११२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गनुपर्ने भएपनि जम्मा ६१ जनाको मात्र शल्यक्रिया गरिएको डा।पुनले बताउनुभयो ।
मोतियाविन्दुको परिक्षणका लागि टोल(टोलमै यातयातको सुविधा उपलब्ध गराए पनि अन्य नागरिक मोतियाबिन्दुको शल्यक्रियाका लागि अर्खवाङ नआएको मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालले जानकारी दिनुभयो ।

भुसालका अनुसार शिविरमा २५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको र आखाँको शल्यक्रिया गरिएको तथा ६१ जनालाई निःशुल्क औषधि उपलब्ध गराइएको समेत उहाँले जानकारी दिनुभयो । गाउँपालिका उपाध्याक्ष उपेन्द्र अर्यालले बार्षिक नीति तथा कार्यक्रम बमोजिम आँखा शिविर सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकाले यातयातको व्यवस्थापन गरि १९ जनाको तम्घासमा लिएर शल्यक्रिया गरिएको अर्यालले जानकारी दिनुभयो । शिविरमा नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष शेरबहादुर थापा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरि मालिका १,२,६ का वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad