आज तराईमा हुस्सु र हिमाली क्षेत्रमा हिमतपातको सम्भावना

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

प्रदेश नं. १  र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ।बिहीबार पनि  प्रदेश नं १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ ।शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै