Advertisement
विज्ञापन

भ्यालेन्टाइन सप्ताह: आज ‘प्रपोज डे’, प्रेम प्रस्ताव कसरी राख्ने (भ्यालेन्टाइन टिप्स)



Advertisement
विज्ञापन

काठमाडौं । आज प्रणय सप्ताहको दोस्रो दिन अर्थात ‘प्रपोज डे’ ।

यो दिन प्रेम गर्नेहरूका लागि विशेष दिन हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राखेर मनको भावना व्यक्त गर्दछन् । फेब्रुअरी ८ लाई प्रपोज डे का रूपमा मनाउने गरिन्छ ।


Advertisement
Advertisement
Advertisement

कतिपयले आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्नका लागि यस दिनको प्रतिक्षामा रहेका हुन्छन् । यस दिन धेरैले आफ्नो जोडीलाई रोमान्टिक डिनरमा लगेरसमेत प्रेस प्रस्ताव राख्ने गर्छन् ।

प्रेमी वा प्रेमिकालाई कसरी प्रस्ताव राख्ने  ?

खास स्थान र समयको खोजी: प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।

क्यान्डल लाइट डिनर: आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

उपहार: प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ ? के मन पराउँछ ? प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

भर्चुअल माध्यामबाट: अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।

ख्याल गर्नैपर्ने केहि कुरा:

-प्रेम प्रस्ताव त्यसबेला मात्र राख्नुपर्छ, जब आफुले मन पराएको व्यक्तिको भावना सकारात्मक छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ ।

-प्रेम प्रस्ताव राख्नुअघि आफ्नो केटा/केटी साथीको मनोविज्ञान बुझ्नुपर्छ । यदि प्रस्ताव ठाडै अस्विकार गरिदियो भने आफुमा आघात पर्न सक्छ ।

-प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गरौं । जबसम्म सम्पूर्ण रुपमा केटा/केटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।

-क्षणिक आकर्षणको भरमा कसैलाई पनि प्रस्ताव नराखौं, त्यसको नतिजा राम्रो हुँदैन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad