
गुल्मीका फेन्सी कपडा व्यवसायीहरु पहिलो पटक सङ्गठित भएका छ्न् । उनिहरुले केही महिना अघि फेन्सी कपडा ब्यवसायी समितिको तदर्थ समिति गठन गरि हालै जिल्ला कार्य समितिको प्रथम जिल्ला अधिवेशन गरि विधिवत रुपमा सङ्गठित भएका हुन् ।
जिल्लाभरका फेन्सी ब्यबसायिहरुलार्र्इ एकताबद्ध गर्दै राज्यलाई ब्यबासयिहरुको हकहितका पक्षमा दवाव सिर्जना गर्ने उद्धेश्यका साथ तदार्थ समिति गठन गरि यसै बर्षको कार्तिक ११ गते आन्तरिक राजश्व कार्यालयमा दर्ता गरिएको पालिका स्तरिय समितिका संयोजक अर्जुन आचार्यले बताए ।
कार्यक्रममा मन्तब्य राख्दै विभिन्न अतिथिहरुले फेन्सी ब्यबसायिहरुको कर बाट जनप्रतिनिधिले अएस गरेको तर उनिहरुलाइ भने किहि सुबिधा नदिएको गुनासो गरेका थिए ।
तदार्थसमितिका अध्यक्ष अर्जुन कार्किका अनुसार जिल्लाभर करिव पाँच सय वटा फेन्सी कपडा पसलेहरु छ्न् । ती मध्ये समितिले करिव दुई सय जनालाई सदस्यता प्रदान गरेको छ ।
अधिवेशनले अर्जुन कार्किलाइ अध्यक्ष पदमा सर्व सम्मत चयन गरेको छ । उपाध्यक्षमा जानका भट्टराई , सचिबमा मोहमद सागिर मिया , उपसचिवमा शिवहरी पान्डे , कोषाध्यक्ष रामकृष्ण पौडेललाई चयन गरिएकोछ ।
त्यस्तै सदस्यहरुमा मेयर सिङ्ह किसि , कल्पना भण्डारी , हजिम मिया , बिष्णु प्रसाद आचार्य , दिपक रेग्मी , इन्द्र बहादुर बुढा मगर सहित ११ सदस्यीय कार्य समिती चयन गरेकोछ ।अधिबेशनले आचार्यलाइ सबै पालिका हेर्ने संयोजकको जिम्मेवारी दिएको छ ।अधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गरेका थिए ।
कार्यक्रममा गुल्मी उधोग बाणिज्य संघका कार्य समिति सदस्य लतिफ मिया, चेम्बर अफ कमर्सका कोषाध्यक्ष यज्ञ प्रसाद पन्थी , नेपाल पत्रकार महासंघका सचिब प्रेम सुनार , निर्वाचन अधिकृत गुणानिधी शर्मा , फेन्सी ब्यबसायी अर्जुन आचार्य , तदर्थ समिति स सचिब सागिर मिया , राष्ट्रिय जनमोर्चाका हरि न्यौपाने , राप्रपाका अनिल कक्षपती , जनता समाजबादी पार्टिका घनश्याम पाण्डे , नेकपा एमाले जिल्ला पार्टी उप सचिब धर्म बिश्वकर्मा , लगायतले मन्तव्य राखेका थिए ।