
सर्जक तथा गायक हरि राम विसीको माया प्रेममा आधारित नयाँ लोक गित “जुरेली चरी ” सार्वजनिक भएको छ । माया प्रेममा समर्पित यो लोक गित “जुरेली चरी ” मा पछिल्लो समयका चर्चित तथा सुमधुर स्वरका धनि लोक गायक हरिराम विसी र गायिका लक्ष्मी खड्काको आवाज रहेको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेको अबस्था छ।पछिल्लो समय बजारमा लोक दोहोरी गितका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन्।
त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् । भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने जुरेली चरी नामक बोलको गित सार्वजनिक भएको छ ।यस गीतमा मायाँ प्रेममा आधारित सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।
प्रेमी–प्रेमिकाको एक अर्काप्रतिको समर्पित भाव प्रस्तुत गरिएको गीतको सर्जक तथा गायक हरिराम विसीको लय, बिनोद प्रजुलीको ऐरेन्ज रहेको गित मालश्री रेकर्डिङ स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको सर्जक तथा गायक हरिराम विसीले बताए।
जुन भिडियो हरिराम विसी अफिसियल आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ ।पूरा भिडियो हेर्नुहोस ।।