सडक दुर्घटनामा आमा छोराको मृत्यु

माघ २१ । शनिबार बिहान पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको ज्यान गएको छ । बिहान सवा ९ बजेको समयमा तानसेन , दर्लामडाडा स्थित भित्र पक्की सडकमा ट्याक्टरले ठक्कर दिदा स्कुटरमा सवार तानसेन नगरपालिका १३ का १९ बर्षिय अभिषेक थापा र बर्ष ३९ कि मिना थापा मिधुनको मृत्यु भएको हो । उनिहरु आमा छोरा रहेको प्रहरीले जनाएको छ ।

घम्भिर घाइते उनिहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । डाक्टरले साढे १० बजे दुबैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार तानसेन बाट झिरुभन्ज्याङ्ग तर्फ जादै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले थापाद्ध्य सवार लु ५३ प ७५७१ नम्बरको स्कुटरलार्इ ठक्कर दिएको थियो । ट्याक्टर चालक धादिङको रोडाङ्ग गाउँपालिका ९ का ३० बर्षिय हरिलाल चेपाङ्ग्लाइ पहरीले नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिएसपी थापाले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • प्रेम सुनार

    प्रेम सुनार नालीबेली न्युज डट कमका कार्यकारी सम्पादक हुन् । उनी विगत २ दशक देखी गुल्मी जिल्ला सहित लुम्बिनी प्रदेश भरी क्रियाशिल पत्रकारिता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै