Advertisement
विज्ञापन

रेसुंगा गौशालामा लाखौं मूल्यका मेसिन प्रयोग विहिन



Advertisement
विज्ञापन

गुल्मीको रेसुङ्गा गौशालामा लाखौं मूल्यका मेसिन प्रयोग विहिन बनेका छन् । रेसुंगा गौशालामा गोअर्क प्रशोधन र गोबर प्रशोधिन गर्नका लागि ल्याएको लाखौं मूल्य पर्ने  मेसिक प्रयोग विहिन भएका हुन् । मेसिन खरिद गरिएको लामो समय वितिसक्दा समेत सञ्चालनमा आउन नसकेको हो ।

विद्युतको अभावमा १५ लाख रुपियाँ भन्दा बढी मूल्य पर्ने मेसिन अहिले प्रयोग विहिन भएका रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । गौशालामा रेसुङ्गा संरक्षण समितिले एक सय ५० भन्दा धेरै गाईहरु संरक्षित गर्दै आइरहेको छ ।


Advertisement
Advertisement
Advertisement

“जडिबुटि खाएका गाई अन्यन्त्र पाइँदैन् । हिन्दूधर्मालम्बीहरुले गोअर्कको प्रयोग गर्ने गर्दछन् । आयुर्वेदमा पनि गोअर्कको महत्वका विषयमा उल्लेख गरिएको छ ।” अध्यक्ष भुसालले भन्नुभयो, ( “गाईहरुबाट प्राप्त हुने गोअर्क प्रशोधित गरि बजारमा पठाउनका लागि मेसिन ल्याइएको हो ।”

तर विद्युत नहुँदा प्रयोग विहिन भएको बताउँदै तत्काल विद्युत जडानका लागि आफुहरुले माग गरिरहेको अध्यक्ष भुसालले बताउनुभयो । गोअर्क प्रशोधन गर्ने मेसिन र गाईको गोबर प्रशोधित गर्ने मेसिन सञ्चालनमा ल्याउन सकिए तत्काल ५र७ जनाले रोजगारी समेत पाउने उहाँले बताउनुभयो । गोअर्क प्रशोधन तथा गोबर प्रशोधन गरी बजारीकरण गर्न सकिए यहाँ रहेका गाईहरुको संरक्षणका लागि सहयोग पुग्ने भुसालको भनाई छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad