Advertisement
विज्ञापन

गुल्मीको अर्जैमा ‘एक घर–एक करेसाबारी’अभियानको सुभारम्भ



Advertisement
विज्ञापन

गुल्मी – लुम्बीनी प्रदेश सरकारको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र गुल्मीको समन्वयमा जिल्लामै पहिलो पटक मालिका गाउँपालिका -०६ अर्जैमा ‘एक घर–एक करेसाबारी’ सुभारम्भ गरिएको छ । बजारमा पाईने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ उक्त अभियान सुरु गरिएको हो । चालू आर्थिक वर्षमा संचालन हुने ‘एक घर–एक करेसाबारी’ अभियान शुभारम्भ गर्न कृषक र सरोकारवाला विच एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

बजारमा दैनिक भित्रने विषादी तरकारीको आयात रोक्दै आर्गानिक तरकारी उत्पादन वृद्धि गरी वडालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यले वडाका प्रत्येक घरलाई अनिवार्य लागू हुने गरी उक्त कार्यक्रम थालिएको हो । अभिमुखीकरण कार्यक्रममा कृषकलाई कृषि र करेसाबारीमा आर्कषण बढाउन जंगली वन्यजन्त नियन्त्रण,प्राविधिक ज्ञान,तालिम र माटो परिक्षण हुनुपर्ने सहभागी कृषकले माग राखेका थिए ।


Advertisement
Advertisement
Advertisement

‘एक घर–एक करेसाबारी’ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यावस्था मन्त्रालयबाट १५ लाख विनियोजन भएको छ । वडाभित्रका प्रत्येक घरका कृषकलाई अभियानमा जोड्ने र तरकारी तथा फलफूलमा वडालाई आत्मनिर्भर बनाउने कृषि ज्ञान केन्द्रको तयारी छ । सरकारले कुरा र प्रचारप्रसारलाई कम गरेर कृषकका समस्या र व्यावस्थापनमा जोड दिएमा तरकारी उत्पादन आयत प्रतिस्थापन हुने कार्यक्रमका प्रमुख अथिति तथा लुम्बीनी प्रदेश योजना आयोग पूर्व सदस्य डा.दामोदर भुसालले बताए । डा.भुसालले भने आजभोली गाउँशहरमा पैसासँग विष साटेर खाने प्रवृत्ति बढ्दै गएको छ यसको अन्त्यका लागि ‘एक घर–एक करेसाबारी’ कार्यक्रम फलदायी र आम नागरिकमा सन्देशमुलक सुचना प्रवाह गर्ने छ । उनले भने “वडाभित्र अनिवार्य करेसाबारी संचालन गर्दा कृषिखेतीको प्रर्वद्धन हुने र तरकारी घरमै उत्पादनले विषादीजन्य तरकारी उपभोग कसैले गर्न पर्नेछैन्। ”

वडाभित्रका प्रत्येक घरदुरीमा टनेल निर्माण गरी कृषकलाई आवश्यक साग, मुला, केराउ, सिमी, धनिया, प्याज तथा फलफुलका बिरुवा निःशुल्क वितरण गरी करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ समाज निर्माण गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । “प्रत्येक घरलाई साग, मुला, केराउ, सिमी, धनिया, प्याज तथा फलफूलका बिरुवा निःशुल्क वितरण गरेका छौँ”, भण्डारीले भने,“एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्नेछ ।”

कृषि ज्ञान केन्द्रको समन्वयमा वडाका प्रत्येक घरदुरीमा टनेल निर्माण गरेर करेसाबारी संचालन गरेको नगरेको प्राविधिक सहयोगमा अनुगमन गरिरहने र प्रदेशकै नमुना अभियानका रुपमा सफल पार्ने गरी कार्यक्रम बनाईएको मालिका गाउँपालिका ६ अर्जैका वडाअध्यक्ष दीपक भण्डारीले जानकारी दिए । वडाअध्यक्ष भण्डारीले भने ‘एक घर–एक करेसाबारी’ कार्यक्रमले स्वच्छ खानपान र निरोगी स्वास्थ्यको लागी कृषकलाई कृषिमा थप प्रात्साहित गरेका छ यसको व्यवस्थापनका निम्ती हामी हरपल तयार छौं ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad