Advertisement
विज्ञापन

गुल्मीमा मृत महिला फेलाको पछिल्लो अपडेट:रक्ताम्मे अवस्थामा शव फेला



Advertisement
विज्ञापन

गुल्मीमा आइतबार बिहान मृत फेला परेकी महिलाको शव रगतको आहालमा डुबेको अबस्थामा फेला परेको छ ।
हात खुट्टा सेलो टेपले बाधेको अबस्थामा जिल्लाको मुसिकोट नगरपालिका -७ न्वाराकी ५७ बर्षिया गङ्गादेवी शेरचनको शव उनकै होटल भित्र रक्ताम्मे अवस्थामा फेला परेको हो ।

साझ करिव ७ बजेको समयमा भैरहवा बाट प्रहरीको तालिम प्राप्त कुकुर आइ पुगेपछी मात्र प्रहरी भित्र पसेर मुचुल्क उठाइ अनुसन्धान सुरु गरेको हो ।प्रत्यक्ष दर्शिका अनुसार हात , खुट्टा सेलाे टेपले बाधेरे शब घोप्टो पारिएको अबस्थामा थियाे । महिलाको शव नजिकै एउटा मदिराको सिसि टिभी फुटेज हेर्दा तीन वटा गिलासमा रातो रङ्गको मदिरा त्यहि थियाे ।


Advertisement
Advertisement
Advertisement

दरमखोला पारी बाग्लुङ्ग्को हाडिखोला बजारमा घर र वारि गुल्मी तर्फ पुलको मुख नजिकै गत ३० बर्ष देखि होटेल गर्दै आएकी थिईन् । शेरचनकाे शव घरकाे चेन गेट भित्र मुखैमा बाहिर बाट देख्न मिल्ने गरि घोप्टो परेको अवस्थामा थियाे ।

होटल अगाडि सडक माथी एउटा ठुलै पक्की घर छ । कोखैमा अर्को र होटल भन्दा बायाँ तर्फ बाटो माथी अर्को टिनले छाएको कच्ची घर छ । अगाडि गुल्मी मुसिकोट नगरपालिकाबाट बाग्लुङ्गको हाडिखोला हुँदै मध्ये पाहडी लोक मार्ग जोड्ने सडक छ । ब्यस्त सडक भए पनि त्यो एकान्त स्थान हो ।

होटेलको ठिक अगाडी घरमा डेरा गरेकी स्थानीयबासी जोइकला कुमाल सङ्ग हिजो दिउँसो ११ / १२ बजेको समयमा शेरचनले ठेकेदार भनिने मान्छे आएको र आफुले अत्ताली अत्ताली दुई वटा अन्डा सहितको नास्ता खाएर गएकाे बताएकि थिईन् । त्यही मान्छे फेरि तीन बजेतिर आयो र साथमा दुई जना अरु मान्छे पनि ल्याएर आको छ भनेकी थिइन । तिनै मान्छे साझ सम्म त्यही बसेको र भात पकाउन भन्यो केरे भन्दै बाहिर चामल पखाल्न आएकी थिइन । त्यस पछी केही थाह नभएको जाेइकला बताउछिन् ।

यसर्थ पनि बाग्लुङ्ग गुल्मीमा ठेक्क पट्टा सङ्ग जोडिएका केही मान्छे सङ्ग सोधपुछ सुरु गरिएको एसपी राना भाटले बताए ।घटना स्थलको दुबैतिर प्रहरी चौकी छ । यता करिव दुई तीन किलो मिटर नजिक गुल्मी तर्फ वामिटक्सार प्रहरी चौकी छ ।उता बाग्लुङ तर्फ त्यो भन्दा निकै कम दुरिमा पर्ने खर्बाङ्ग प्रहरी चौकी छ ।

शनिबार साझ मृतकका सहोदर दाजु सुनिल शेरचन वामिटक्सार बजार हुँदै बहिनिको होटल अगाडि छुस्स हेरेर मात्र अगाडी घरमा आएका थिए ।यस्सो रोकेर बहिनीलाई बोलाउ कि भने । चेन गेटमा पर्दा लगाको थियो । भित्र धेरै मान्छे भए जस्तो गनगन सुने । भैगाे भनेर म पसिन । हिडे अहिले पछुतो लाको छ सुनिल बताछन् ।घटना सुनियोजित भएको र अपराधी धेरै टाढाको हुन नसक्ने उनको अनुमान छ । यस अघि पनि त्यस थलोमा यस्तै प्रकृति प्रकृतिले दुई जनाको हत्या भएको उनको भनाइ छ ।

वारि गुल्मी र पारी बाग्लुङ्ग शेरचनको मृत्युले शोकाकुल छ । उनको समाज सेवाको योगदान , सहयोगी भावना र फरासिलोपन लाइ सम्झेदै सबैकाे आँखा रसाएकाे छ ।

प्रहरीले आईतबार साझ सम्म चेनगेट खोलेर शवको पूरा भाग हेरेको थिएन् ।मृतककाे घर सिल गरेकाे थियाे । अपराधी पत्ता लगाउन प्रहरीले भैरहवा बाट कुकुर मगाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अर्जुन राना भाटले बताए । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल तम्घास लैजाने तयारी छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad