Advertisement
विज्ञापन

बुद्धको मूर्ति बनाएर अन्तरराष्ट्रिय बजारसम्म पुप्याउनु पर्छ : डा.भुसाल



Advertisement
विज्ञापन

गुल्मी- लुम्बीनी प्रदेश गौतमवुद्धको जन्मथलो भएकाले मायादेवीको माटोबाट वुद्धको मूर्ति निर्माण गरेर अन्तरराष्ट्रिय बजारसम्म पुप्याउनु पर्ने लुम्बीनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भण्डारीले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले आयोजना गरेको सेरामिक ग्यालेज तथा माटाको भाडा बनाउने तीन महिने तालिमको उद्धघाटनको लागी विशेष अथितिका रुपमा पुगेका डा.भुसालले यस्तो बताएका हुन् ।

तालिम सुभारम्भ कार्यक्रममा वोल्दै विशेष अथिति डा. भुसालले सेरामिक बस्तु विकासकेन्द्र नेपालकै पहिलो सरकारी कार्यालय हो त्यसैले यसलाई लुम्बीनी प्रदेशकै गौरवको योजना बनाएर अगाडी बढ्नुपर्नेमा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने बताए । आफू र तत्कालिन उद्योग सचिव कृष्ण ज्ञवालीको पहलमा वि.सं २०७१ सालमा गुल्मीको इश्मा गाउँपालिका ६ अंमरपूर बुल्मचौरमा नेपालकै पहिलो बुल्म सेरामिक वस्तु विकास केन्द्रको स्थापना गरिएको बताए ।


Advertisement
Advertisement
Advertisement

पछिल्लो समय नेपाली कला र संस्कृति झल्काउने माटोबाट निर्माण गरिएका भाडा र कुमाल समुदायको पेशा नै संकटमा पर्नथालेकाले यसको संरक्षण र जर्गेना सबै सरकारवाला निकायलाई डा.भुसालले आग्रह गरेका छन् । वुद्ध जन्ममिएको शान्ती भूमिको माटोबाट वुद्धको मूर्ति निर्माण गरेर देश विदेशमा मायाको चिनोको रुपमा विकास गर्न सकिने लुम्बीनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भण्डारीको भनाई छ ।

नेपाल गौतम बुद्ध जन्मिएको र शान्ती भूमि भएकाले मायादेवीको माटोको प्रयोग गरी बुद्ध लगायत भगवान् मूर्ति निर्माण गरेर मायाको चिनोका रुपमा विकास गर्न सकेमा पेशाको संरक्षण हुन्छ । उनले थपे बजारमा दैनिक आधुनिक प्रविधि र पलाष्ट्रि«का भाडा चलनचल्तीमा आएपछी नेपाली मौलिकता र कला ओझेलमा परिरहेको छ । “औद्योगिक लागनी पूर्वाधार ,समृद्धको बलियो आधार” मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्र इश्मा गाउँपालिका ६ अंमरपुर बुल्मचौरमा सेरामिक ग्यालेज तथा माटाका भाडा बनाउने तीन महिने तालिम माघ ११ गतेदेखि आगमी वैशाख १० गते सम्म संचालन गरिएको छ ।

बजारमा पलाष्टिकबाट निर्माण भएका भाडाँ चलनचल्तीमा आएसंगै गाउँघरमा कुमाल समुदायले माटोबाट बनाएका सामाग्री तथा पेशाको संरक्षण गर्न लुम्बीनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्यमशिलता तथा सिपमुलक तालिम , प्रविधिमा साहयोग , सामाग्रीको बजारीकरण तथा उद्यमी निर्माण गर्न तालिम संचालन गर्नका लागी आर्थिक बर्ष २०७९।०८०मा लुम्बीनी प्रदेश सरकारबाट रु ३० लाख रकम विनियोजन भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad