गुल्मीमा हात खुट्टा बाधिएको अवस्थामा महिलाको शव फेला

प्रेम सुनार, गुल्मी ।

गुल्मीमा गएराती एक महिलाको हत्या भएको घटना स्थलको प्रकृतिले देखाएको छ । मुसिकोट नगरपालिका ७ कि ५७ बर्षिया गङ्गादेवी शेरचनको शव घर भित्रै खुट्टा बाधेको अवस्थामा भेटिए पछि उनको कसैले हत्या गरेको पाइएको हो ।
त्यस वडाका वडाध्यक्ष हरिहर सापकोटाका अनुसार वामिटक्सारको प्रहरीले घटनास्थल फिता डोरि द्धारा घेराउ गरेको छ ।

जिल्ला बाट प्रहरी आउदैछ । उनी अविबाहित महिला हुन । वामिटक्सार र मध्ये पाहडिलोक मार्ग जोड्ने हाडिखोलाको पुल वारिको न्वाराको पहिलो घर होटल चलाएर उनी एक्लै बस्थिन । पारी हाडिखोला तर्फ उनका बाबू आमा बस्छ्न ।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन राना भाटले ती महिलाको शव हात खुट्टा बाधेको अवस्थामा भेटिएको जानकारी आए पछि आफुहरु त्यस तर्फ जान लागेको जानकारी दिए । घटना स्थलमा पुगेर थप अनुसन्धान पछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै