रवि लामिछाने विजयी भएको चितवन–२ मा उपनिर्वाचन हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।

चिनवन( २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । रवि प्रेरित पार्टीले प्रतिनिधिसभामा २० सिट जितेको थियो भने सोही आधारमा पार्टी सरकारमा पुगेको थियो । सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पद छाड्नुपर्ने दवाव परेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै