Advertisement
विज्ञापन

नेविसंघ बुटवल बहुमुखी क्याम्पसकाे आयाेजनामा सरस्वती पुजा तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

बुटवल ।नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको आयोजनामा सरस्वती पुजा तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भयको छ ।
नेपाल विद्यार्थी संघ इकाई समिति कार्यबाहक सभापति ऋषि भण्डारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयको हो।
बुटवल  बहुमुखी पुर्व क्याम्पस प्रमुख जगनान्थ पण्डित  काे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  नेपाल प्रध्यापक संघ केन्द्रीय निवर्तमान अध्यक्ष बुद्व ब थापा ,  नेविसंघ भारतका महामन्त्री सुर्य न्यौपाने , नुर जङ्ग के. सि , अनेरास्ववियू  क्रान्तिकारी  बुटवल बहुमुखी क्याम्पस अध्यक्ष विष्णुप्रसाद ज्ञवाली , नेविसंघ वाणिज्य क्याम्पस इकाई उपसभापति ॐ हरि आर्चाय अतिथिको रूपमा रहनुभयको थियाे साथै उक्त कार्यक्रममा प्रजातान्त्रिक संघ बुटवल बहुमुखी क्याम्पस अध्यक्ष यम शर्मा ,पुर्व प्रध्यापक बाबुराम ज्ञवाली ,प्रध्यापक जर्नादन घिमिरे लगायत क्याम्पसमा अध्ययनरत थुप्रै विधार्थीहरूकाे  बाक्लाे  उपस्थिति रहेेकाे थियाे ।

कार्यक्रममा नेविसंघ  बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता बिष्णु खनालले मन्तव्य राख्दै सरस्वती पुजाकाे शुभकामना व्यक्त गर्नुभयाे ।


Advertisement
Advertisement
Advertisement

 

 

 

 

 

 

 

 

 

 

उक्त कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत सयौं विधार्थी हरू उपस्थित भयर विधाकि देवि सरस्वती को पुजा आराधना गरियको थियो । सरस्वती ज्ञान विधा कला शिल्प संगितकी देवि हुन माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाइ , वसन्त पञ्चमि श्रीपञ्चमी अर्थात सरस्वती पुजाको दिनको रूपमा मनाइ वसन्त  पञ्चमी केही पौराणिक मान्यता केही वास्तविकताूसृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार ब्रह्माले जीवहरूको, विशेष गरी मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसँग उनी खुशी थिएनन् । उनलाई केही कमि भएको भान हुन्थ्यो । जसको कारण चारैतिर मौनता छाएको थियो । विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुन्दर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव(जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वतीसँग खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपालका धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ । यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेटिन्छ( एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रही आएको छ चारऋतुहरू मध्ये वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो । यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिम ले पूजा आरधाना गरि मनाइन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठरआठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो। संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।

नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई समिति उपसभापति कृष्ण खनालकाे स्वागत मन्तव्य कार्यबाहक सभापति ऋषि भण्डारी काे अध्यक्षतामा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन ईकाई सचिव प्रदिप घर्तिमगरले गर्नुभयकाे थियाे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad