Advertisement
विज्ञापन

गुल्मीमा एक बालक करेन्ट लागेर गम्भीर घाइते



Advertisement
विज्ञापन

नालीबेली न्युज । बुधबार अपरान्ह गुल्मीका एक बालक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । धुर्कोट गाउँपालिका –१ नयाँगाउँ किमपानीका १४ बर्षीय बालक सुमन राना करेन्ट लागेर एक गम्भीर घाइते भएका हुन ।

त्यहाँका वडाध्यक्ष चेतमान कुँवरका अनुसार मानसिक सन्तुलन ठिक नभएका ती बालक चिर्पट डाँडामा रहेको हाईटेन्सन लाईनको पोलमा चढेका थिए ।


Advertisement
Advertisement
Advertisement

घरको आर्थिक अवस्था निकै कम्जोर भएका कारण वडाध्यक्ष कुँवरले १० हजार रुपैयाँ परिवारलाई दिई स्थानिय मेडिकल हुँदै गुल्मी अस्पतालमा पठाएका थिए ।

गुल्मी अस्पतालमा उनको उपचार सम्भव नभए पछि रिफर गरी पाल्पा पठाईको जिल्ला प्रहरी कार्यालका प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । उनका अनुसार पोलबाट करिव २० मिटर तल खसेका बालकको मुख र हातमा गम्भीर चोट लागेको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad