Advertisement
विज्ञापन

रोल्पामा आमा-छोरा मृत फेला



फाईल फोटो
Advertisement
विज्ञापन

रोल्पामा आमा-छोरा मृत फेला परेका छन्। रोल्पा नगरपालिका वडा नं. ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन्।रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको छ।


Advertisement
Advertisement

घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको प्रमुख घिमिरेले बताए।चलाउनेको घर विगत डेढ वर्षदेखि खाली रहेको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ।चलाउने र मृतकका बीचमा पहिलेदेखि नै चिनजान रहेको भन्ने खुलेको डिएसपी घिमिरेले बताए।

आमा-छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन्। उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement