Advertisement
विज्ञापन

बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र



Advertisement
विज्ञापन

काठमाडौं । बागलुङको बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा सूचीकृत गरेको ७ वर्ष पूरा भइसकेकाे छ ।

तर पनि बझै काम अघि बढ्न सकेको छैन् । योजना सुरु भएदेखि करोडौं रुपैयाँ बजेट विनियोजन भएपनि अत्यावश्यकीय पूर्वाधार निर्माण हुन नसेको हो । बजारलाई पूर्वाधारयुक्त शहर निर्माण गरी बसोबासका लागि आकर्षित र व्यवस्थित गर्ने उद्देश्य भएपनि विकास नभएको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गका आसपासका १० शहर मध्ये नमूनाका रुपमा विकास गर्ने योजनाका साथ अघि बढाइएको थियो ।


Advertisement
Advertisement

सडक कालोपत्र, विद्युतीकरण, खानेपानी, ढल निकास, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल र हाटबजार लगायत काम अझै हुन नसकेकाे स्थानीय प्रेमबहादुर बिकले बताउनुभयो । निसी, भूजी र तमानको संगमस्थल मानिने बुर्तिबाङ ठूलो व्यापारिक केन्द्र भएकाले यो बजारलाई नमूनको रुपमा विकास गर्ने लक्ष्य राखिएको हो । बजार क्षेत्रमा खोलाको जोखिम भए पनि कसैले चासो नराखेको स्थानीयको भनाइ छ।

बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरेर तराईका जिल्ला तथा ठूला शहरमा जानेलाई रोक्न नयाँ शहर आयोजना सञ्चालन गरिए पनि काम अघि बढ्न नसकेको हो । व्यवस्थित बसोबास निर्माण र पूर्वाधार निर्माण गर्न ५६ रोपनी भन्दा बढी जग्गा खरिद गरिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement