स्थानीय तह र प्रदेश सरकार विचकाे अन्तरक्रिया रामपुरमा सम्पन्न

रामपुर  स्थानिय तह र प्रदेश सरकार विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा आईतबार सम्पन्न भएको छ ।लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जतिलटा , समन्वय लगाएत प्रदेश सरकार र स्थानिय तह विचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्रि कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले तिनै तहको सरकारले काम गर्ने भुगोल एउटै भएकोले तिनै तहविच समन्वय , सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । विकास र समृद्धिका लागि सवै तह मिलेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । संघ र प्रदेशबाट योजना संचालन गर्दा स्थानिय तह संग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताउनुभयो

साथै उहाँले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानिय तह संग समन्वय गरेर मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाईसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै प्रमुख सचिव काफ्लेले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाको बारेमा जानकारी गराँउदै  टुक्रे योजना पनि प्रदेश सरकारबाट आँउदा समस्या भएको बताउनुभयो । स्थानिय तह संग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक रहेको ठाँउमा पनि बजेट विनियोजन नहुने भएकोले स्थानिय तहको सिफरिसका आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- “स्थानिय तहले थाहै नपाई योजना संचालन हुन्छ , आवश्यक ठाँउमा पर्याप्त बजेट विनियोजन हुँदैन त्यसैले स्थानिय तह संग समन्व्य गर्न आवश्यक छ ।” नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन ध्यान दिन समेत आग्रह गर्नुभयो । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन  र डाक्टरको व्यवस्था तत्काल गर्न अनुरोध समेत गर्नुभयो । साथै प्रदेश सरकारको बजेट मार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको  खालिवन रामपुर सडक निर्माण कार्य   तत्काल  गर्नु पर्ने बताउनु भएकाे छ ।

थापाले लुम्बिनी  प्रदेश राजधानीको पहुँच र दुरीका हिसाबले यो क्षेत्र दुर्गममा रहेको भन्दै यसको विकासका लागि योजना छनौटमा प्राथमिकता दिन आग्रह गर्नुभयो  ।  प्रदेश सरकार र स्थानिय सरकार विचको आपसी सहकार्य र समन्वयले नगरको विकासमा  बढावा मिल्ने बताउनुभयो ।

यस्तै मुख्यमन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयका सचिव राम प्रसाद पाण्डेले स्थानिय तह संगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट र संचालन गरिने बताउनुभयो ।  रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा रामपुर नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , विषयगत शाखाका प्रमुखहरुले प्रदेश सरकार मार्फत आउने विभिन्न शिर्षकका बजेटका योजना संचालनका क्रममा भएका समस्या बारे जिज्ञासा राखेका थिए ।

लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राम प्रसाद पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम प्रदेशका प्रमुख सचिव डाक्टर दिपक काफ्लेको प्रमुख आतिथ्यता र सचिव यमकान्त पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै