सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु एक जना घाइते

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट विरेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं।को डबल क्याप हाइलेक्स वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याइएको थियो । अस्पतालमा तीन जनाले चिकित्सकले मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए । घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै