Advertisement
विज्ञापन

भारतीय तिर्थालु सवार बस दुर्घटनामा ४५ जना घाइते



Advertisement
विज्ञापन

परासी, ७ माघ ।

पश्चिम नवलपरासीमा तिर्थालु सवार बस दुर्घटना हुंदा ४५ जना घाइते भएका छन् ।


Advertisement
Advertisement

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका – १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफ टी ७४६६ नम्बरको भारतिय बस दुर्घटना भएको हो बसको स्टेरिङ फेल भई आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल घोलामा पल्टिन जांदा बसमा सवार ६० जना मध्ये ४५ जना भारतीय तिर्थालुहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको ई।प्र।का। महेशपुरका प्रहरी निरिक्षक मेघनाथ चांपागाईले बताए । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए । बसका चालक समेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान शुरु भएको उनले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement