Advertisement
विज्ञापन

रामपुर पाल्पामा ३ दिने अगरबत्ती बनाउने तालिम शुरु



Advertisement
विज्ञापन

रामपुर  नगरपालिका वडा नं. ६ तिलकपुर पाल्पामा महिलाहरुका लागि ३ दिने अगरबत्ति बनाउने तालिम शुरु भएको छ । रामपुर सिकाई केन्द्रको आयोजनामा शुरु भएको तालिमको शुक्रबार एक कार्यक्रमका विच शुभारम्भ गरिएको छ । तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले सिकेका सिपलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

उहाँले तालिममा सिकेका सिपले आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बन्न सके मात्रै तालिम संचालन गर्नुको औचित्य पुरा हुने बताउनुभयो । पछिल्लो समय हरेक महिलाहरु धेरै तालिममा सहभागि हुने तर उद्यमी बन्ने महिलाको संख्या न्यून रहेको बताउँदै महिलाहरुलाई उद्यमी बन्न आग्रह समेत गर्नुभयो । आत्मनिर्भर बन्नका लागि उद्यम व्यवसाय गरे नगरपालिकाले अनुदान सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


Advertisement
Advertisement
Advertisement

उद्यमीले उत्पादन गरेको बस्तु उपप्रमुख कोशेली घर कार्यक्रम अन्तर्गत नगरपालिकाले खरिद गर्ने पनि उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले तालिमको माध्यमबाट व्यवसायी बन्न आग्रह गर्नुभयो । उद्देश्य अनुरुप काम गर्ने केन्द्र कमै मात्र रहेको भन्दै सोही मध्य रामपुर सिकाई केन्द्र एउटा उदहारणिय केन्द्र रहेको बताउनुभयो । रामपुर सिकाई केन्द्रका अध्यक्ष देवराज ढकालले पाल्पाकै दोस्रो सिकाई केन्द्र भएको भन्दै विगतमा केन्द्रले धेरै क्षेत्र समेटे पनि पछिल्लो समय १५ वटा समुहका महिला दिदि बहिनिहरुलाई लक्षित गरी कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । साथै यसलाई नमुना सिकाई केन्द्रको रुपमा स्थापित गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्य , अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्दै तालिम सफलताको शुभकामना दिनुभयो । रामपुर सिकाई केन्द्रका अध्यक्ष देवराज ढकालको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

केन्द्रका सदस्य घनश्याम खनालको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन मञ्जु कंडेलले गर्नु भएको थियो । रामपुर नगरपालिका शिक्षा शाखाको सिकाई केन्द्र संचालन तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत विनियोजित बजेट मार्फत तालिम संचालन गरिएको हो । करिब १५ जना महिला दिदि बहिनिहरुको सहभागिता रहेको तालिमको सहजिकरण प्रशिक्षक रश्मी देवकोटाले गर्नु भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad