Advertisement
विज्ञापन

सक्रान्ति मेलाको फोहोर व्यवस्थापनको लागि डस्टविन सहयोग



Advertisement
विज्ञापन

प्रकाश ढकाल ,पाल्पा
गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संघम स्थलमा अवस्थित कालीगण्डकीको तटमा विराजमान नेपालकै चार धाम मध्येको एक धाम ऋषिकेश मन्दिरको काखमा मागको पहिलो दिन, मागे सक्रान्ति मेला को अवसर पारेर गुल्मेली समाज जापान कन्तो क्षत्रिय समिति द्वारा आयोजित कालीगण्डकी नदी एतिहासिक मठ मन्दिर धरोहर एबम् पर्यावरण संरक्षण तथा सर सफाई गर्ने मुल उद्देश्य लिई डस्टविन वितरण कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रममा मागे सक्रान्ति मेलाका लागि फोहोर व्यवस्थापन गर्नका लागि तत्कालका लागि ८० लिटर र ५० लिटर क्षमताका १६ वोटा डस्टविन सहयोग गरेको थियो ।
आवश्यकता अनुसार सहकार्य र समनवय गरेर अन्य सहयोग गर्ने गुल्मेली समाज जापान कान्तो क्षत्रिय समिति का अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारीले बताएका छन् ।


Advertisement
Advertisement
Advertisement


यस कार्यक्रमको संयोजक नेपाल र जापान तर्फ दुवै तर्फको समन्वयको भूमिका पाल्पा जिल्लाका न्युज २४ संवाददाता प्रकाश ढकालले गरेका थिए भने कार्यक्रमको सञ्चालन रिडी मावि का शिक्षक दुर्गा ढकालले गरेका थिए । यसै क्षेत्रका भिभिन्न व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । रुरु गाउँपालिका वडा नं १ का वडा अध्यक्ष नमराज विक को अध्यक्षतामा र रूरू गाउँपालिका का अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यमा रहेको थियो ।

अन्य अतिथिहरुमा इप्रका रिडीका प्रमुख इन्स्पेक्टर यमलाल पाण्डे , रुरु फ्रेण्डस् क्लबका अध्यक्ष सोभित थापा , उद्योग बाणिज्य संघ रिडीका अध्यक्ष सुवर्ण लाल कक्षपति , तानसेन नगरपालिका १४ का वडा अध्यक्ष शोभाखर भट्टराई , ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम भट्टराई लगाएतका व्यतीहरुको उपस्थिति थियो ।

कार्यक्रममा पाल्पा रुरू क्षेत्र गाउँपालिका का प्रमुख यदु ज्ञवालीले गुल्मेली समाज जापान कान्तो क्षत्रिय समितिले गरेको सामाजिक काम को खुलेरै प्रसंसा गरेका थिए । आफूहरु सहकार्य र समन्वय गरेर यो ठाउँको विकाशको लागि अगाडि बढ्न तयार रहेको जानकारी दिए ।

त्यस्तै वडा नं १ का वडा अध्यक्ष नमराज विकले गुल्मेली समाज जापान कान्तो क्षत्रिय समिति लाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा उपस्थित स्थानीय र धर्मावलम्वीहरू ले गुल्मेली समाज जापान क्षत्रिय समितिको काम प्रसंसनीय भएको बताएका थिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad