अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसद्वारा दिप प्रज्वलन

बुटवल ! हिजो पोखरामा दुर्घटना भएको यति एयरलाईन्सको जहाजमा सवार व्यक्तिहरूको मृत्यु भएको सम्झनामा आज अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै क्याम्पसको गेट अगाडि दीप प्रज्वलन गरेर शोक सभा गरेको थियो ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै मृतक आत्माप्रति १ मिनेट मौन धारण गरियको थियो ।
अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी सदस्यहरूको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न भयको हो ।

अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस कमिटी सचिवालय सदस्य दुर्गा एम। सि ले शोक मन्तव्य राख्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए। अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता कुशल तिवारीको सञ्चालनमा उक्त शोकसभा सम्पन्न भयको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै