Advertisement
विज्ञापन

नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु



A close up of a red emergency triangle on the road in front of a damaged car and unrecognizable people. A car accident concept. Copy space.
Advertisement
विज्ञापन

नवलपरासी । नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नवलपरासीको सुनवल नगरपालिका भूमहीमा उक्त सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नलवपरासीका अनुसार परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नं। को बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नं। को कार एकापसमा ठोक्किँदा कार चालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको छ ।


Advertisement
Advertisement
Advertisement

दुर्घटनामा घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा– ८ मधुवन बस्ने ३१ वर्षीय पूर्ण बहादुर राना, सोही ठाउँका २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी ९पूर्व० बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी, नवलपरासी ९पूर्व० कावासोती नगरपालिका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका–६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी घाइते छन् ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad