पुरातात्त्विक सम्पदा सँरक्षण गर

कृष्ण अन्जान / रिडीबजार रिडी बजारको शोभा भगवती मन्दिर परिसरमा पुरानो अतिथि भवन भत्काउने क्रममा भेटिएको शिला लेख आज भन्दा १६२ बर्ष अघि को रहेको तथ्य फेला परेको छ।

बिक्रम संवत १९१७ मा तत्कालिन नेपाल उपत्यका हालको भक्तपुर भादगाँउ चासुखेल बाट मन मलेपति९ नेवार समुदाय का ब्यक्ति० ले चार जना छोराहरु सहित रिडी आइ अहिलेको भगवति टोल जसलाइ त्यतिबेला अ्मराइ टोल भनिन्थ्यो पित्रीहरुको स्मरणमा ढुङाको चौपारि बनाइ छाडेको शिलामा उल्लेख छ्। हालको अ्मराइ टोललाइ त्यो बेलामा अमरापुरि टोल भनि उल्लेखित छ्।

यो ढुङाको चौपारि त्यहि हुन सक्छ जुन केहि बर्ष अघि सम्म पनि अस्तित्वोमा रहेको थियो। पछि रुरु प्राथमिक बिद्यालयले बाटो बनाउनका लागि भत्काइए को थियो।
शिलामा उल्लेखित तथ्य नैपालि सम्वत ९८० शाके सम्वत् १७८२ सम्वत् १९१७ साल जेष्ठमासे शुक्लपक्षे ९षष्ठ्या०यां तिथौः रविवासरे सौरमाने दि९वसे० कृतिका १९८० मघा नक्षत्रे नैपालस् पश्चिमतर्फ रिडी धामे कृष्णगंधकि निकटेः श्रीऋषिकेश चरणेः गुल्मी देसेः अमरापुरि नगरे नेपाल भातगाउ चासुषेल टोल बस्नि मानवगोत्र मलपति सेपुत्र भाजुराम सेपुत्र भाजुनारान सेपुत्र भिमनारां कनिष्ठ पुत्र सिद्धिनारां स्मेत लगाइ ढुंगाका चौपारि बनाई कीर्ति राषि पर्लोगपित्रपिता उद्धार निमीत्त। यो शिलापत्र गरि स्थापना गर्याको हो। शुभम्॥ राम॥

माथि उल्लेखित शिला लेख लाइ वासु बन्धुले सरल र बुझिने भाषामा उल्था गरि थप तथ्यहरु उपलब्ध गराएका हुन ।रुरुक्षेत्रमा रहेका अनेकौँ मठ मन्दिर हरुमा शिलालेख हरु अध्यावधि छँदैछन् तर ती शिलालेखको खोजिनिति गर्दै इतिहास सँरक्षण आवस्यकता रहेको रिडीबजारका युवा सुन्दर कसजुले भने ।

उनका अनुसार रुरुधामको धार्मिक साँस्कृतिक र ऐतिहासिकता जोगाउन यथासिध्र यो क्षेत्रमा धार्मिक र पौराणिक सँग्राहलय आवस्यक रहेको उनको जोड छ ।त्यसो त रुरुक्षेत्र बृहतत्तर विकास आयोजनामा सँग्राहलय बनाउने योजना समेटिएको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने ।

पछिल्लो समय रुरुधाममा आकर्षण बढेको छ तिनमुखे पुल सँगै यो क्षेत्रका मठमन्दिरको प्रचारप्रसारका कारण यहाँ आउने धार्मिक पर्यटक मात्रै होईन आन्तरिक र वाह्य पर्यटकको सँख्या बढ्दै गर्दा रुरुधामको सौन्दर्य करण र साँस्कृतिकको झलकले पर्यटक तान्न सबैका ध्यान जानू जरुरी छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै