Advertisement
विज्ञापन

रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रर्दशन उडान सफल (पूरा भिडियो हेर्नुहोस्)



Advertisement
विज्ञापन

गुल्मी– रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल भएको छ। आज बिहान १२ बजे तारा एयरको ९ एनएएल ओ विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो।

२०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थल १६ वर्षपछि २०७९ मा सम्पन्न भएको हो। गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंङ्गा विमानस्थलमा आइतबार ‘प्रुभिङ फ्लाइट’ भएको छ।


Advertisement
Advertisement
Advertisement

तारा एयरको नाइन–एन–एएलओको ट्विनअटर जहाज पाइलट सन्जिब श्रेष्ठ र सन्तोषकुमार शाहले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंङ्गा विमानस्थलमा सफल उडान गरेका हुन्।

धुले उडान भएको चार वर्षपछि पक्की धावनमार्गमा ‘प्रुभिङ फ्लाइट’ गरिएको तारा एयरले जनाएको छ। यसअघि २५ जेठ ०७५ मा तारा एयरले नै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको थियो। गुल्मी–काठमाडौंको हवाई समय ५० मिनेट लाग्ने र भाडा अहिले आठ÷नौ हजारको बीचमा हुने तारा एयरका प्रवक्ता सुदर्शन बर्डौलाले जानकारी दिए।

उनले अपिस सेट र अरु प्राविधिक काम सकेपछि दुई हप्तापछि नियमित उडानको योजना भएको बताए। अब गुल्मीमा नियमित उडानको लागि तारा एयर सहमत भएको र अबको २ सातापछि बढीमा हप्ताको १ पटक उडान हुने बर्डौलाले बताए।

उनका अनुसार गुल्मीबाट काठमाडौंसम्म पुग्नको लागि ८–९ हजार रुपैयाँसम्म लाग्ने बार्डौलाको भनाइ छ। उडानको खर्च रेसुङ्गा नगरपालिकाले ब्यहोर्ने गरेर र ‘प्रुभिङ फ्लाइट’ गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए। अब गुल्मेली जनताको जहाज चढ्ने सपना साकार भएको र अब नियमित रुपमा जहाज सञ्चालन हुने नगरप्रमुख पन्थीले बताए।

( पूरा भिडियो हेर्नुहोस् )

https://fb.watch/hXdwczMA5R/



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad