Advertisement
विज्ञापन

आज रेसुङ्गा विमानस्थलमा डेमो उडान हुँदै



Advertisement
विज्ञापन

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका १० स्थित रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुँदैछ । २०६३ देखि निर्माण सुरु गरिएको विमान  १६ वर्षपछि निर्माण सम्पन्न भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर विमान गुल्मी प्रस्थान गर्नेछ। उक्त विमानमा गुल्मी क्षेत्र नम्बर १ का संसद चन्द्र भण्डारी, २ का गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीसहितको टोली गुल्मी आउने छ।


Advertisement
Advertisement
Advertisement

कुल ३३ करोड लगातमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ भने एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

डेमो उडानमा २०७५ जेठ २५ मा भएको धुले परीक्षण उडान गराएका तारा एयरलाइन्सका पाइलट सन्तोषकुमार शाहले नै आइतबार विमान उडाउने छन्।

डेमो उडान हुने भएपछि गुल्मीका जनतामा उत्साह बढेको छ। साथै, डेमो उडानका लागि सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

आइतबार हुने डेमो उडानमा अवलोकन गर्नेहरुको चाप हुने भएकाले त्यसको व्यवस्थापनमा चुनौती हुने देखिएको सरोकारवालाहरूको भनाइ छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad