तिलोत्तमा नगरपालिकाद्धारा ११० भूमिहीनलाई लालपुर्जा वितरण,
तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिबिहीनलाई लालपुर्जा वितरण गरिएको छ ।
तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
लाल पुर्जा बाड्दै नगर प्रमुख राम कृष्ण खाणले नगरपालिको गाउँब्लकमा रहेका भूमिवीहिनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा ९लालपुर्जा० वितरण गरे ।
नगरपालिका वडा नंम्बर १५ र १७ को गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गर्दै खाणले आगामी दुई वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी गराए ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु भएको भन्दै दुई बर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिवीहिनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताए ।
यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।
जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुजा वितरण गरिएको वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले बताए ।
धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष चौधरीले बताए । नापि कार्यालय भैरहवाका कार्यालय प्रमुख सुक्रिम यादवले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा दुई ढाईवर्षमा रुपन्देहीमा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लालपुर्जा दिन आफु सक्रिय भएर लाग्ने बताए ।