मालिका गाउँपालिकाकाे दोस्रो गाउँसभाबाट सु-शासन र लेखा समिति गठन

गुल्मीको मालिका गाउँपालिकाले दोस्रो गाउँपालिकाकाे दोस्रो अधिवेशनबाट गाउँपालिकाकाे सु-शासन समिति र लेखा समिति गठन गरेको छ ।

लेखनाथ अर्याल  संयाेजक रहने गरि दुई सदस्य चुरामणि घर्ती र समिपा सुनार सु-शासन समितिमा रहेका छन् । त्यस्तै  मान बहादुर विश्वकर्मा संयाेजक रहने गरि दुई सदस्य सूर्यबहादुर थापा र सीता बिष्ट लेखा समितिमा रहेका छन् ।

गापाले चालू आ. व देखि हालसम्म ६ वटा कार्यविधि पारित गरेको र २ वटा कार्यविधि तर्जुमाकाे चरणमा रहेका छन् ।

पारित भएका कार्यविधिः
– घ वर्गको निर्माण व्यवसायी दर्ता सम्बन्धी कार्यविधि ।
– खानेपानी उपभोक्ता समिति तथा मुहान दर्ता सम्बन्धी कार्यविधि ।
– गाउँपालिकाको लागत साझेदारीमा कार्यक्रम संचालन कार्यविधि
– शिक्षक बैंक प्रक्रिया।
– गाउँपालिकाबाट वितरण गरिने सामाग्री सम्बन्धी कार्यविधि ।
– लेन्थ वर्कर व्यवस्थापन कार्यविधि ।

तर्जुमाको चरणमा रहेका कार्यविधिः
– टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि
– संघ संस्था सहयोग सम्बन्धि कार्यविधि

गाउँ सभामा वडा बाट रकमान्तर हुने याेजनाहरुलाई सभामा पेश गरिएको छ । पेश भएका बिषयकाे छलफलका लागि  ५ दिनकाे समय राखिएको छ । २६ गते पुन: बस्ने गरि गाउँ सभा स्थगित भएको गाउँ सभाका सभाध्यक्ष देविराम अर्यालले बताए

सुमन महतारा, गुल्मी ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै