Advertisement
विज्ञापन

अर्घाखाँचीको मालारानीमा ढुंगाले लागेर एक जनाको मृत्यु



Advertisement
विज्ञापन

लक्ष्मण घिमिरे।
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिकामा ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।

मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका मजदुर ओम प्रकाश थापाको ढुंगाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।


Advertisement
Advertisement

सन्धिखर्क-११, जोगिमारे निवासी ६१ वर्षिय थापालाई काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लागेको थियो। उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।

शव पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement